जेबिल्सले असार २३ गतेको विशेष साधारण सभामा के के लैजादैछ विशेष प्रस्ताव ?

Jun 23, 2017 merolagani

जेविल्स फाईनान्स कम्पनी (JEFL) ले असार २३ गते कालिमाटी ब्यांक्वेट दिउँसो १२: १५ बजे बोलाएको विशेष साधारण सभामा सातौं वार्षिक साधारण सभाले पारित गरेको शतप्रतिशत हकप्रदपछि कायम हुने पूँजीमा फेरी ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव लैजाँदैछ । 

फाईनान्सले शतप्रतिशत हकप्रद जारीपछि कायम हुने चुक्ता पूँजी ५७ करोड ७९ लाख १२ हजार पाँच सय रुपैयाँको फेरी ४० प्रतिशत अर्थात २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको हकप्रद जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको हो । फाईनान्सले शतप्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिईसकेको छ ।

त्यस्तै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने प्रयोजनका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने तथा आवश्यक विघान संसोधनका लागि अधिकार प्रत्यायोजन गर्ने लगायतका प्रस्ताव रहेको छन् ।
यसअनुसार विशेष साधारणसभामा असार ११ गतेसम्म कायम सेयरधनीले मात्र भाग लिन पाउनेछन् ।

२८ करोड ८९ लाख ५६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्स कम्पनीले चालु आर्थिक बर्षको तेस्रो तैमासमा एक करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ६.७२ रुपैयाँ कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।