हाम्रो विकास बैंक र गोर्खाज फाइनान्सको हकप्रद आईतबारदेखि बन्द हुँदै,तपाईले कति भर्न पाउनुहुन्छ ?

Jun 23, 2017 merolagani

हाम्रो विकास बैंक (HAMRO)  र गोर्खाज फाइनान्स कम्पनी (GUFL) ले जारी गरिरहेको हकप्रद आईतबारदेखि बन्द गर्देछन् । दुबैको हकप्रदमा असार ११ गतेसम्म सेयरधनीले आवेदन गर्न सक्नेछन् ।

हाम्रो विकास बैंकले गत जेठ ७ गतेदेखि चुक्ता पूँजीको दुई सय प्रतिशत अर्थात ३० लाख ५८ हजार ३३८ कित्ता तथा गोर्खाज फाइनान्स कम्पनीले गत जेठ १ गतेदेखि ५० प्रतिशत बराबरको २८ लाख ९३ हजार ३१३ कित्ता हकप्रद जारी गरेको हो । 

दुबैको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ ।

तपाईले हाम्रो विकास बैंककोे हकप्रद कति कित्ता भर्नु पर्छ ? यहाँ गएर हेर्नुहोस् । 

हाम्रोको हकप्रदमा बैशाख १० गतेसम्म सेयर किनेका लगानीकर्ताले विक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स,लाजिम्पाट, नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, चिप्लेढुङ्गा पोखरा, वीरगञ्ज, नारायणगढ, नेपालगञ्ज र धनगढी र हाम्रो विकास बैंकको सबै शाखाबाट आवेदन गर्न सक्नेछन् ।

 

गोर्खाजको हकप्रदमा बैशाख १९ गतेसम्म कायम रहेका सेयरधनीले फाइनान्सको शाखाहरु डिल्लीबजार, बौद्ध, न्यूरोड, सातदोबाटो, सुर्यविनायक, धरान, इटहरी, दमक, विर्तामोड,नारायणगढ, जनागल, र रवि (पाँचथर) शाखा तथा एनआइबीएल क्यापिटल मार्केट्स,लाजिम्पाटबाट हकप्रद भर्न सक्नेछन् ।

त्यस्तै इन्भेष्टमेन्ट बैंकको वीरगञ्ज विराटनगर, चिप्लेढुंगा पोखरा, नेपालगञ्ज र धनगढी शाखाबाट सकेत हकप्रद भर्न सक्नेछन् । यसअघि असार ४ गतेसम्म हकप्रद भर्ने म्याद रहेपनि प्रयाप्त आवेदन नपरेपछि कम्पनीले एक साता म्याद थप गरेको थियो ।

तपाईले गोर्खाज फाइनान्सको हकप्रद कति कित्ता भर्नु पर्छ ? यहाँ गएर हेर्नुहोस्

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।