यो हप्ता एभरेष्ट बैंक किन पर्यो लगानीकर्ताको पहिलो रोजाईमा ?

Jun 24, 2017 merolagani

यो साता पनि सेयरबजार ओरालो लागेको छ । बैंक तथा वित्तीय समूहहरु नकारात्मक रहेपछि साताभरको बजार १६.४९ अंकले घटेर अन्तिम दिन १५५९.४९ अंकमा आईपुगेको छ । समग्र बजार ओरालो लागेपनि यो साता एभरेष्ट बैंक (EBL) को सेयरले लगानीकर्तालाई केही आर्कर्षित गरेको छ ।

यस साता कारोबार रकम (३० करोड छ लाख ८० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (सात लाख ८० हजार कित्ता) को आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या (२०९३ वटा) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । यसै साता एभरेष्ट बैंकको ३० प्रतिशत हकप्रद समायोजन भएकाले हकप्रद लिने र नलिने लगानीकर्ताले खरिदबिक्री बढाउँदा कारोबार संख्या र रकम बढेको हो ।

 

 

यस साता नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २५ हजार ८ सय ५८ कारोबारबाट दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ०.०२ प्रतिशत कम हो ।

गत साता १६१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ३० हजार ६ सय ४७ कारोबारबाट दुई अर्ब ९६ करोड २५ लाख २२ हजार रुपैयाँ बराबरका ४९ लाख आठ हजार ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता सबैभन्दा बढी विमा समूह ओरालो लागेको छ र सातभर विमा समूह १७३ अंकले झरेको छ । त्यस्तै वाणिज्य बैंक १४, विकास बैंक १५, वित्त १०, जलविद्युत २.४३ अंक र उत्पादन समूह २७ अंकले ओरालो लागेका छन । व्यापार समूह स्थिर रहँदा होटल र अन्य समूह भने एक अंकले बढेको छ ।

 

 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।