काठमाडौको पुरानो बसपार्क ओगटेर २९ तले भ्यु टावर बनाउन खोज्नेहरु नै बेपत्ता !

Jun 24, 2017 Merolagani

परमेश्वर अधिकारी 

काठमाडौ । राजधानीको पुरानो बसपार्कमा मुलुककै अग्लो २९ तले काठमाडौ भ्यु टावर बन्ने चर्चाले एकसमय धेरैको ध्यान तानेको थियो । मुलुकका एक से एक निर्माण ब्यवसायीहरुले काठमाडौ महानगरपालिकासँग सम्झौता गरी अत्याधुनिक बसपार्कसहितको २९ तले भवन बनाउने योजना पेश गरेका थिए तर अहिले आएर ती निर्माण ब्यवसायीहरु आफै गुमनाम भएपछि भ्यु टावर निर्माण पनि अलपत्र परेको छ ।

काठमाडौ भ्युटावर निर्माण गर्ने भन्दै स्थापपना गरिएको जलेश्वर स्वच्छन्द बिकोई विल्डर्स कम्पनीका संचालक स्वच्छन्द निर्माण सेवाका जयराम लामिछाने र बिकोई बिल्डर्सका हुमनाथ कोइरालाले जलेश्वर हाउँजिड.का मनोज भेटवाललाई सबै सेयर बेचेर बाहिरिएपछि टावर निर्माण अनिश्चित बनेको हो ।  कम्पनीको सेयर पूँजी ५० करोडको रहेको देखाईएको छ । 

स्वछन्दका जयराम र बिकोईका कोइरालाले आफुहरुले सबै सेयर मनोज भेटवाललाई बेचेकाले टावर निर्माण सम्बन्धी कुरामा कुनै सरोकार नभएको मेरोलगानीलाई बताए ।

टावर निर्माण गर्ने कम्पनी जलेश्वर स्वच्छन्द बिकोई विल्डर्सका एकमात्र हर्ताकर्ता मनोज पनि धेरै तिरको कर्जा र आर्थिक संकटले गाँजेपछि अहिले स्वास्थ्य उपचारको नाममा देशै छाडेर हिडेका छन् ।

काठमाडौ भ्युटावर निर्माण गर्ने भन्दै सयौं ब्यक्तिबाट उठाईएको रकम लिएर मनोज सम्पर्क बाहिर भएपछि रकम दिनेहरु चिन्तामा परेका छन् भने पुरानो बसपार्क ओगटेर राखिएका मसिनका कुरुवा र पालेहरुमा पनि अन्योल छाएको छ ।

पाँच बर्षमा २९ तले भवन निर्माण गरी संचालन गरेर ३० बर्षमा सरकारलाई हस्तान्तरण गर्ने योजना पेश गरिएकोमा पछि २०७२ सालको भुकम्पपछि १२ तले मात्र भवन बनाउने स्वीकृति दिईएको थियो ।

सहकर्मीहरुको सेयर समेत आफैले किनेपछि आफै आर्थिक रुपले संकटग्रस्त अबस्थामा पुग्नुका साथै बैंकहरुमा लगानीयोग्य रकमको अभावले निर्माणका लागि ऋण जुटाउन नसक्दा मनोज तनावमा परेको बताईन्छ ।

...[एनसीसी बैंकले ऋण उठाउन लिलाममा निकाल्यो ठूला घरजग्गा ब्यवसायीका करोडौंको जग्गा]...

सुरुमा तीन अर्ब ५० करोड निर्माण लागत लाग्ने अनुमान गरिएको भए पनि अहिले त्यसको लागत बढेर पौनै पाँच अर्ब पुगेकाले मनोज भेटवाल एक्लैले त्यो रकम कहाँबाट जुटाउलान् भन्ने आशंका झन् बढेर गएको छ । यसमा काठमाडौ महानगरपालिकाले गरेको प्रक्रियागत ढिलासुस्तीका कारण पनि निर्माण लागत बढ्न गएको बताईन्छ ।

 

टावरको भुई तल्लामा बसपार्क रहने र त्यस माथिका दुई तल्लामा हलुका सवारी साधनको पार्किङ रहने गरी डिजाईन तयार पारिएको छ । सिनेमा हल, पौडी पोखरी, रेष्टुरेण्ट, बैंक तथा महानगरको ३१ नम्बर वडा कार्यालय रहने भवन नेपाली कला र संस्कृति झल्किने किसिमको हुने बताईएको थियो । टावरबाट काठमाण्डौं उपत्यकाको अवलोकन समेत गर्न सकिने डिजाईन ब्यहोरामा उल्लेख छ ।

मनोजका भाई राजन भेटवाल एनसीसी बैंक (तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंक) को कर्जा भुक्तान गर्न नसकी समस्यामा परेका छन् भने उनको भक्तपुर र देशका अन्य भागमा रहेका घरजग्गा र धेरै सम्पति बैंकले लिलामीमा निकालेको छ । उनले दर्जनौ ब्यक्तिहरुको नाममा एनसीसीको कर्जा चलाएको बताईन्छ । दाजुभाईको आर्थिक सम्बन्ध रहेकाले यसको असर मनोजलाई पनि परेको छ ।

भ्युटावर बनाउन बसपार्कलाई खुलामन्चमा सारेको १५ महिना बितिसकेको छ । निर्माणका लागि तोकिएको पाँच बर्षे अवधि मध्ये ३० महिना सकिएको अवस्थामा थप निर्माण कार्य अगाडि बढाउने कि बीचमै छाड्ने भन्नेमा जलेश्वर हाउजिड. तीब्र दबाबमा छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।