एभरेष्ट इन्स्योरेन्सको बोनसपछिको सेयरमूल्य समायोजन,सेयर कारोबार भने बन्द

Jun 25, 2017 merolagani

एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) को सेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले वितरण गर्न लागेको २० प्रतिशत बोनस समायोजन पछि सामायोजित सेयरमूल्य २४४२ रुपैयाँ निर्धारण गरिएको नेप्सेले जनाएको छ ।

यसअनुसार एभरेष्ट इन्स्योरेन्सको सेयर अब २४४२ रुपैयाँमा पहिलो कारोबार खुला हुनेछ । कम्पनीको सेयर अन्तिम कारोबार भएको दिन असार ५ गते २९३० रुपैयाँमा बन्द भएको थियो ।

हाल कम्पनीको सेयर कारोबार भने बन्द रहेको छ । बोनस, हकप्रद र साधारण सभा सम्बन्धि जानकारीहरु सार्वजनिक हुनु पहिले चुहावट भएको भन्दै धितोपत्र बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेप्सेलाई निर्देशन दिए पछि असार ६ गते कारोबार बन्द भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको औषत आधारमूल्य भने १३९२ रुपैयाँ रहेको छ ।

 

एभरेष्ट इन्स्योरेन्सले सूचना चुहाएको आशंकामा रोकियो सेयर कारोबार

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।