डिप्रोक्स लघुवित्तको लिलामको सेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन

Jun 25, 2017 merolagani

डिप्रोक्स लघुवित्त ले असार ४ गतेदेखि खुला गरेको हकप्रदमा अवितरित १५ हजार ९६९ कित्ता सेयर लिलामीमा आवेदन गर्ने आईतबार अन्तिम दिन हो ।

डिप्रोक्सको लिलामी सेयर सर्कान चाहने इच्छुक लगानीकर्ता (व्यक्ति,संघसंस्था) ले विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालबाट असार ११ गते (आज) सम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालको कार्यालमा असार १३ गते दिउँसो ३ बजे बोलपत्र खोलिने जनाईएको छ । क्यापिटलले सेयर पाउन नसक्ने लगानीकर्तालाई असार १६ गतेदेखि रकम फिर्ता गर्नेछ ।

डिप्रोक्सले गत चैत ७ गतेदेखि वैशाख २५ गतेसम्म जारी गरेको शतप्रतिशत बराबरको २५ लाख ७९ हजार २३८ दशमलव ४५ कित्ता हकप्रद सेयरमध्ये उक्त परिमाणको साधारण समूहको सेयर विक्री नभएपछि लिलामी खुला गरेको थियो ।

चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैयाँ रहेको डिप्रोक्स लघुवित्तको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

लघुवित्तको सेयर अन्तिम पटक विहीबार १३०० रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।