कन्काई विकास बैंक र बल्ड मर्चेन्टले तोके सेयरधनी किताब बन्द गर्ने मिति

Jun 25, 2017 merolagani

कन्काई विकास बैंक (KNBL)  र बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्स (WMBF) ले सेयरधनी किताब बन्द गर्ने मिति तय गरेका छन् । कन्काई विकास बैंकले हकप्रद प्रयोजनका लागि तथा बल्ड मर्चेन्टले साधारणसभा प्रयोजनका लागि सेयरधनी किताब बन्द गर्न लागेका हुन् ।

कन्काईले कायम चुक्ता पूँजीको २१४ प्रतिशत हकप्रद निष्काशन प्रयोजनार्थ असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यसअनुसार अबबो पाँच कारोबार दिन अर्थात बैशाख १८ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउनेछन् । 

बैंकले १ बराबर दुई दशमलव १४ कित्ताको अनुपातमा एक सय रुपियाँ अंकित दरको ३२ लाख १० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । हाल बैंकको चुक्ता पूँजी १५ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४७ करोड १० लाख पुग्नेछ ।

राष्ट्र बैंकको निर्देशन अनुसार एक देखि तीन जिल्ला कार्यक्षेत्र रहेको विकास बैंकले चालु आर्थीक बर्षको अन्त्यसम्ममा ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने पर्ने हुन्छ । बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा तीन करोड १४ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी रुपैयाँ कायम गरेको छ ।

यसैगरी बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सले असार ३१ गते गर्न लागेको बार्षिक साधारणसभाका लागि असार १५ गतेदेखि ३१ गतेसम्म सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको हो ।

यस अनुसार फाईनान्सको साधारणसभामा सहभागि हुन असार १४ गतेसम्म कायम रहेका सेयरधनी मात्र योग्य हुनेछन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।