११ कम्पनीका लाखौं कित्ता सेयर लिलाममा किन्ने अवसर, उचालिएर मूल्य हाल्ने मुर्खता गर्दै नगर्नुहोस्

Jun 27, 2017 Merolagani

तिलक कोइराला

सस्तोमा लिलामको सेयर किन्ने सोचाईमा हुनुहुन्छ भने तपाइँका सामु ११ कम्पनीका लाखौं कित्ता सेयर बिक्रीमा आएका छन् । हकप्रदमा नबिकेका सेयरको बाढी आउँदा बजार मूल्य भन्दा धेरै सस्तोमा किन्न पाईने हो तर केही लगानीकर्ताहरु बजार मूल्य भन्दा महंगोमा लिलाम सकार्ने मुर्खतापूर्ण ब्यवहार गरिरहेका छन् । त्यसैले लिलाममा सहभागी हुँदा निकै सचेत हुनुपर्छ ।

  यी कम्पनीका सेयर लिलाममा छन्:

आरएमडी बाहेकको संस्थापक सेयर संस्थापक लगानीकर्ताले नकिनेमा मात्र सर्बसाधारण लगानीकर्ताले लिलाम सकार्न पाउने छन् र निश्चित प्रक्रिया पुरा गर्नुपर्ने छ ।


बजार मूल्य भन्दा कम्तिमा २० प्रतिशत सस्तोमा सकार्दा मात्र फाईदा


यसअघि लिलाममा आएका कतिपय कम्पनीको सेयरमा बजार मूल्य भन्दा धेरै माथि गएर सेयर सकार्ने मुर्खता गर्नेहरु पनि देखिएका थिए । त्यसरी उचालिएर लिलामको सेयर सकार्नु भन्दा दोस्रो बजारबाटै किन्नु फाईदाजनक हुन्छ । लिलाममा आएको सेयरलाई बजार मूल्य भन्दा कम्तिमा २० प्रतिशत सस्तो मूल्य हाल्नुपर्छ ।

लिलामको क्रममा हुने दौडधुप, सुचिकरण हुने समय र त्यसबखत मूल्यमा हुनसक्ने उतार चढावको जोखिम हिसाब गर्दा २० प्रतिशत भन्दा सस्तोमा पाए मात्र लिलामको सेयर सकार्ने हो । अहिलेको अबस्थामा हकप्रदको बाढी र लिलाममा सेयर बिक्रीमा आउने ओईरोको अबस्था हेर्दा महंगो मूल्यमा लिलाम सकार्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । त्यसरी आफ्नै खुट्टामा बन्चरो हान्नेहरुसँगै सर्बसाधारण लगानीकर्ता कुद्नुपर्छ भन्ने केही छैन ।

लिलाममा सहभागी हुँदा यसपटक सेयर पाईएन भने पनि निराश हुनुपर्दैन किनभने अरु धेरै कम्पनीको हकप्रदमा नबिकेका सेयरहरु लिलाममा आउँदैछन् । यता भएन भने दोस्रो बजार अर्को अवसर त छदैछ । छानी छानी राम्रो प्रतिफल दिने कम्पनीको सेयर सस्तोमा किनौ, महंगो मूल्यमा हैन ।

लिलाम हाल्दा ध्यान दिनुपर्ने कुरा

लिलामको सेयर सकार्न आबेदन गर्दा बजार मूल्य कति छ भन्ने कुरा राम्रोसँग हेक्का राखौं र त्यसको २० प्रतिशतसम्मको तलको मूल्यमा लिलाम सकारौ । लिलामको सिलबन्दी खाममा कम्पनीले भने अनुसार गुड फर पेमेन्ट चेक वा नगर्दै बुझाईएको रसिदको मूल प्रति अनिबार्य रुपमा राखौ । १०० कित्ता वा १० ले भाग जाने सेयर संख्याको मात्र रकम बुझाई सोही ब्यहोरा उल्लेख गरी आबेदन पत्रमा आफ्नो सबै बिबरण भरेर पेश गरौं, नत्र आबेदन रद्ध हुनसक्छ । लिलाम बन्द भएको भोलिपल्ट बोलपत्र खोल्ने दिनमा आफै वा आफ्ना प्रतिनिधि उपस्थित भएर सेयर सकार भए नभएको यथार्थ जानकारी हासिल गरौं । सेयर परे सुचिकृत भएपछि हितग्राही खातामा आईहाल्छ भने नपरे बोलपत्र खोलिएको तेस्रो दिनपछि पैसा फिर्ता आईहाल्छ ।

बिकृति पनि छ

आफुले महंगोमा लिलामको सेयर उठाउने र दोस्रो बजारमा मूल्य बढाएर बेच्न अनेक हल्ला गर्ने बिकृति पनि बढेको छ ।

बजारमा ४३२ मै पाइने एनआईसी एशियाको सेयरलाई लिलाममा कसले हाल्यो ६१३ रुपैयाँ ?

कृषि बिकास बैंकको सेयर लिलामः प्रारम्भिक बिबरण हेर्दा यस्तो देखिन्छ

 

बजार मूल्य भन्दा महंगोमा लिलामको सेयर सकार्ने प्रबृत्ति र त्यस्ता आबेदकको नाम आगामी दिनमा केलाएर मेरोलगानी डटकमल अलग्गै समाचार प्रबाह गर्ने नै छ । प्रतीक्षा गर्नुहोला ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।