लुम्बिनी जनरल इन्स्योरेन्सले असार ३० गतेदेखि शतप्रतिशत हकप्रद जारी गर्ने

Jun 27, 2017 merolagani

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (LGIL) ले असार ३० गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एक कित्ताको अनुपातमा हकप्रद बिक्री खुला गर्ने भएको छ ।

इन्स्योरेन्सले धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सीबीआईएल क्यापिटल मार्फत एक सय रुपैयाँ अंकित दरको ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । हाल ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लुम्बिनीको हकप्रद बिक्रीपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । मा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले अब २२ करोड रुपैयाँ थप गर्नुपर्ने देखिन्छ । 

कम्पनीको हकप्रदमा असार १२ गतेसम्म कायम सेयरधनीले यही असार ३० देखि भदौ १ गतेभित्र आवेदन गर्न पाउनेछन् ।

हकप्रदमा सीबीआईएल क्यापिटल डिल्लीबजार, सिटिजन इन्टरनेशनल बैंकको उपत्यका भित्रका शाखाहरु ठिमी, कुपन्डोल, ग्वार्को, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिरका शाखाहरु बिर्तामोड, विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगञ्ज, धनगढी, र महेन्द्रनगरबाट समेत आवेदन गर्न सक्नेछन् ।

त्यस्तै कम्पनीले सीबीआइएल क्यापिटलमा डिल्लीबजारमा चेकमात्र लिने र हक हस्तान्तरण गरी हकप्रद सेयर आवेदन गर्ने सेयरधनीको आवेदन सेयर रजिष्ट्रार एस क्यापिटलबाट मात्र आवेदन गर्नुपर्ने व्यवस्था गरेको क्यापिटलले जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७० पैसा कायम गरेको छ । कम्पनीको सेयर नेप्सेमा आईतबार प्रतिकित्ता १७५९ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।