नेप्सेले शतप्रतिशत हकप्रदलाई समायोजन गरि लुम्बिनीको समायोजित सेयरमूल्य प्रतिकित्ता ९३० रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार मंगलबार कम्पनीको पहिलो सेयर कारोबार ९३० रुपैयाँमा खुल्नेछ ।
कम्पनीको सेयर आईतबार नेप्सेमा १७५९ रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार हेर्दा मंगलबार ९३० रुपैयाँमा कारोबार खुल्दा कम्पनीको सेयर ८२९ रुपैयाँले समायोजन भएको देखिन्छ । जसको औसत आधार मूल्य भने ९२३ रुपैयाँ रहेको छ ।
लुम्बिनीले असार ३० गतेदेखि शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको कम्पनीको हकप्रद बिक्रीपछि ७८ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । बीमा समितिले तोकेको चुक्ता पूँजी कायम गर्न कम्पनीले अब २२ करोड रुपैयाँ थप गर्नुपर्ने देखिन्छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ७० पैसा कायम गरेको छ ।