हिमालयन जनरल इन्स्योरेन्सले कहिलेदेखि निष्काशन गर्ने भयो १६६ प्रतिशत हकप्रद ? यस्ता छन् आवेदन दिने स्थान

Jun 27, 2017 merolagani

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी (HGI) ले असार २८ गतेदेखि १६६.६७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ दरको ६४ लाख २० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो । 

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले असार २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

सेयरधनीले एनएमबि क्यापिटल नागपोखरी र एनएमबि बैंकको शाखाहरु सूर्यबिनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीन दोबाटो बनेपा, ट्राफिक चोक बुटवलबाट हकप्रदमा आवेदन गर्न सक्नेछन् ।

त्यस्तै, एनएमबि बैंकको अन्य शाखाहरु महेन्द्रपथ धरान, रंगेली रोड विराटनगर,सुर्खेतरोड नेपालगञ्ज, बसपार्करोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट समेत हकप्रदमा आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद सेयर विक्रीपश्चात बीमा समितिले तोकेको सीमा भन्दा बढि एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आवको तेस्रो त्रैमासमा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा रहेको छ ।

कम्पनीको सेयर मंगलबार १६८५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।