आइ.सि.एफ.सि. फाइनान्सले त्रिशुलीमा शाखा सञ्चालनमा ल्यायो, १८ करोड खुद नाफा

Jun 28, 2017 Merolagani

आइ.सि.एफ.सि. फाइनान्स (ICFC) ले त्रिशुलीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । यस अघि सोही स्थानमा रहेको एक्सटेन्सन काउन्टरलाई फाइनान्सले शाखामा परिणत गरेको हो । नुवाकोट जिल्लाको आर्थिक गतिबिधिमा टेवा पुगोस्् भन्ने उद्देश्यले फाइनान्सले शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

बुधबार एक कार्यक्रमका बिच फाइनान्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत शुनिल पन्तले फाइनान्सको शाखा उद्घाटन गरेका हुन् । शाखा उद्घाटन गर्दै पन्तले आफ्ना सेवाग्राहीलाई उच्च उत्कृष्ट वित्तीय सेवा प्रदान गर्न फाइनान्स प्रतिबद्ध रहेको बताएका थिए ।

एक्सटेन्सन काउण्टर शाखामा परिणत भएसँगै फाइनान्सको शाखा संख्या १५ पुगेको छ । यसका साथै फाइनान्सले १२ वटा एटीएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

फाइनान्सले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १८ करोड रुपैंया खुद नाफा कमाएको विज्ञप्तीमा उल्लेख छ । ८० करोड १७ लाख रुपैंया चुक्ता पूँजी रहेको ४२ हजारभन्दा बढी सेवाग्राहीलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ । ६ अर्व ३४ करोड रुपैंया निक्षेप संकलन गरेको फाइनान्सले ५ अर्व ४८ करोड रुपैंया कर्जा प्रवाह गरेको जनाएको छ ।

निकट भविष्यमा नै चितवनको ज्योतिनगरमा अर्को शाखा बिस्तार गर्ने तयारी भैरहेको जनाएको फाइनान्सले अन्य स्थानमा पनि शाखा बिस्तार गर्दै लैजाने बताएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।