देवः विकास बैकले फेरि रोज्यो हकप्रदको जोखिमपूर्ण बाटो

Jun 28, 2017 merolagani

देव विकास बैंकले केही साना कम्पनीहरुलाई प्राप्ति गर्दा राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउन नसक्ने भएपछि फेरि हकप्रदकै जोखिमपूर्ण बाटो रोजेको छ । यसअघि ५० प्रतिशत हकप्रद बिक्री गरेको बैंकले युनियन फाइनान्सलाई मिसाएर फेरि ४० प्रतिशत हकप्रदको भारी लगानीकर्तालाई बोकाउने प्रस्ताव गरेको छ ।

यही असार २९ गते विशेष साधारण सभा बोलाएको बैंकले युनियन फाइनान्सलाई एक्वायर गर्ने प्रस्ताव अनुमोदन गर्देछ । देवले युनियनलाई ५० प्रतिशत सेयर स्वाप रेसियोमा खरिद गर्ने भएको हो । युनियन फाइनान्सको १०० कित्ता सेयर हुनेले देव विकास बैंकको ५० कित्ता सेयर पाउनेछन ।

साथै बैंकले एक्विजिशन पश्चात ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत साधारणसभा बाट अनुमोदन गराउँदैछ । हकप्रद बिक्री पश्चात बैंकको पूँजी दुई अर्ब ५० करोड पुग्नेछ । यसअघि पनि देव विकास बैंकले ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

विशेष साधारण सभा गर्न देवःले असार २३ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । युनियनको भने एक्विजिसन प्रकृयाका कारण गत चैत १० गतेदेखि सेयर कारोबार बन्द छ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन देवः विकास बैंकले यसअघि साझा विकास बैंकलाई एक्वायर गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर पनि गरिसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।