डिप्रोक्स लघुवित्तको लिलामी सेयर कति मूल्य कबोल्नेले पाए ?

Jun 28, 2017 merolagani

डिप्रोक्स लघुवित्त (DDBL) को असार ४ गतेदेखि असार ११ गतेसम्म लिलामीमा राखिएको हकप्रदमा अवितरित १५ हजार ९६९ कित्ता सेयरको बाँडफाँड भएको छ । विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्सालको कार्यालयमा असार १३ गते मंगलबार दिउँसो ३ बजे बोलपत्र खोलिएको हो ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले दिएको जानकारी अनुसार डिप्रोक्स लघुवित्तको सेयरमा लघुवित्तको लिलामीको सेयरमा अधिकतम १४०० रुपैयाँसम्मको आवेदन परेको नबिल इन्भेष्टले जनाएको छ ।

प्रारभिंक तथ्याङ्क अनुसार १२३५ रुपैयाँसम्मको बोलकबोल गरेर बोलपत्र पेश गरेका लगानीकर्ताले लिलामीको सेयर प्राप्त गरेका छन् । कति जनाले सेयर प्राप्त गरे भन्ने अन्तिम नतिजा प्राप्त भईनसकेको नबिल इन्भेष्टका मर्चेन्ट बैंकिंग प्रमुख अनुज थापाले मेरोलगानी डटकमलाई जानकारी दिए ।

डिप्रोक्सको सेयर नेप्सेमा बोलपत्र पेश गर्ने अन्तिम दिन असार १३ गते १३०० रुपैयाँ कारोबार भएकोमा बजार मूल्यभन्दा ६५ रुपैयाँ तल बोलकबोल गर्ने लगानीकर्ताले सेयर पाएका हुन् । बाँडफाँड नतिजालाई डिप्रोक्स लघुवित्तको सञ्चालक समितिले अन्तिम स्वीकृति प्रदान गरेपछि सेयर पाउन नसक्ने लगानीकर्तालाई अनुमोदन भएको तीन दिनपछि रकम फिर्ता हुनेछ ।

डिप्रोक्सले गत चैत ७ गतेदेखि वैशाख २५ गतेसम्म जारी गरेको शतप्रतिशत बराबरको २५ लाख ७९ हजार २३८ दशमलव ४५ कित्ता हकप्रद सेयरमध्ये उक्त परिमाणको साधारण समूहको सेयर विक्री नभएपछि लिलामी खुला गरेको थियो । हकप्रद जारीपछि कम्पनीको चुक्ता पूँजी ६० करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ३४ करोड ८१ लाख रुपैयाँ रहेको डिप्रोक्स लघुवित्तको प्रतिसेयर आम्दानी ५९ रुपैयाँ ९० पैसा छ भने चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले २० करोेड ८५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।