राजधानीमा सस्तो जग्गा खोज्नेहरुलाई भक्तपुर ताथलीको ६७ रोपनी जग्गा लिलाममा सकार्ने अवसर

Jun 29, 2017 Merolagani

काठमाडौ । (NCCB) बसोबासको लागि उपयुक्त घडेरीको खोजीमा हुनुहुन्छ भने तपाइँलाई सस्तोमा जग्गा किन्ने अवसर आएको छ । एनसीसी बैंकको ऋण नतिरेपछि ब्यवसायी राजन भेटवालको भक्तपुरको ६७ रोपनी जग्गा सात दिने सूचनासहित लिलाममा आएको छ । बिचार गरेर लिलाममा सहभागी हुँदा सस्तैमा पाईन पनि सक्छ ।

 

घरजग्गा ब्यवसायी राजन भेटवालले आफुसहित कयौं ब्यक्तिको नाममा एनसीसी र उसमा गाभिएको तत्कालीन एपेक्स डेभ्लपमेन्ट बैंकबाट करोडौ रुपैयाँ कर्जा निकालेका थिए । त्यसको सावाँ ब्याज भुक्तान नगरेपछि एनसीसीले अहिले तेस्रो पटक भक्तपुरको ताथलीका ती जग्गाहरु लिलाममा निकालेको छ ।

यसमा लिलाम सकार्नुको फाईदाजनक पक्ष अर्को के छ भने जग्गाको वास्तविक मूल्यको ५० प्रतिशत रकम एनसीसी बैंकले नै कर्जाको रुपमा हालिदिनेछ तर जग्गा सकार्नेहरु कुनै पनि बैंक बित्तीय संस्थाका विगतका असल ऋणी वा पर्याप्त आर्थिक आधार भएकाहरु हुनुपर्ने शर्त तोकिएको छ ।

यी जग्गाहरु बैंकले जसरी भए पनि बिक्री गर्नुपर्ने र बिक्री नभए गैर बैंकिड. सम्पतिको रुपमा सकार्नुपर्ने बाध्यता रहेकाले सस्तैमा जग्गा पाईनसक्छ ।  मन र ब्यवहार मिल्ने ब्यक्तिहरुले राजधानीमा आफ्नो समुदायको बस्ति बिस्तार गर्न उपयुक्त हुने गरी एकै ठाउँमा रहेका जग्गाहरु भएकाले ठूलो रकम परिचालन गर्नसक्नेलाई सस्तोमा जग्गा किन्ने अवसर आएको छ ।

अर्को कुरा स्मार्ट सिटी बनाउने भनी सरकारले राजधानीका क्षेत्रमा घरजग्गाको कित्ताकाट र नामसारी रोक्का गरेको क्षेत्रमा ती जग्गाहरु पर्छन कि पर्दैनन् भनेर बुझ्नु निकै जरुरी छ ।


याद राख्नुहोस्, आफ्नो क्षमता भन्दा बढी र थान्नै नसक्ने मूल्य कबुलेर राजन भेटवाल फसेको खाल्टोमा तपाइा चाँही नफस्नुस् । घरजग्गा भनेको बेलामा बेच्न सकिन्न । धेरै मानिसहरु घरजग्गामैै डुबेर भागाभागको अबस्थामा पुगेका छन् ।

राजन भेटवाल समस्यामा परेपछि उनका दाजु मनोज भेटवाललाई पनि संकटले घेरेको छ र काठमाडौ पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको २९ तले भ्युटावर योजना अलपत्र परेको छ ।

काठमाडौको पुरानो बसपार्क ओगटेर २९ तले भ्यु टावर बनाउन खोज्नेहरु नै बेपत्ता !

...[एनसीसी बैंकले ऋण उठाउन लिलाममा निकाल्यो ठूला घरजग्गा ब्यवसायीका करोडौंको जग्गा]...

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।