हिमालयन जनरल इन्स्योरेन्सको १६६ प्रतिशत हकप्रद सूरक्षित गर्ने विहीबार अन्तिम दिन,ब्रोकर आन्दोलनले बजार भने बन्द

Jun 29, 2017 merolagani

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको १६६.६७ प्रतिशत हकप्रद सेयर सूरक्षित गर्ने विहीबार अन्तिम दिन हो । कम्पनीले असार १६ गते सेयरधनी किताब बन्द गर्ने सुचना निकालेकाले असार १५ अर्थात आज विहीबारसम्म सेयर किनेका लगानीकर्ताले मात्र हकप्रद भर्न सक्नेछन् ।

हिमालयन जनरल इन्स्योरेन्सले यहि असार २८ गतेदेखि एक सय रुपैयाँ दरको ६४ लाख २० हजार कित्ता हकप्रद विक्री गर्न लागेको हो । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको हकप्रदमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले असार २८ गतेदेखि साउन ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । 

हाल ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद सेयर विक्रीपश्चात एक अर्ब दुई करोड रुपैयाँ पुग्नेछ । २०७५ पुस मसान्तभित्र बीमा समितिले निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासमा १२ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा रहेको छ । कम्पनीको सेयर बुधबार १६७५ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।