मैतिदेवी मन्दिरमा हिमालन बैंकले जोड्यो आठवटा सिसिटिभि क्यामेरा

Jun 29, 2017 Merolagani

हिमालयन बैकले कामनपा ३० मा रहेको मैतीदेवी मन्दिरमा आठ वटा सिसिटिभि क्यामेरा जडान गरेको छ । ऐतिहासिक एवं धार्मिक संपदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले सिसिटिभि क्यामेरा जडान गरि रेकर्डिङ उपकरण हस्तान्तरण गरिएको जनाएको छ ।

बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सिसिटिभि सम्बन्धि उपकरण मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।

मन्दिरमा जडान गरिएको क्यामेराबाट रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्ने बताइएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।