पोखरा फाइनान्सले एफपीओ जारी गर्ने अनुमति पायो, कतिमा आउँदैछ ?

Jun 30, 2017 MEROLAGANI

पोखरा फाइनान्स (PFL) ले थप सधारण सेयर अर्थात एफपीओ निष्कासनको अनुमति पाएको छ । फाइनान्सले कुल ९ लाख ८३ हजार ६८२ कित्ता थप साधारण सेयर निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले संस्थापक तथा साधारण सेयरको अनुपात ५१ :४९ कायम गर्न एफपीओ जारी गर्ने भएको हो ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थपगरी प्रतिकिक्ता २२० रुपैयाँमा निष्कासन गर्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको मूल्य धितोपत्र बोर्डले स्वीकृत गरेको कम्पनीले जनाएको छ । 

अहिले दोस्रो बजारमा फाइनान्सको प्रतिकित्ता सेयरमूल्य २४० रुपैयाँको हाराहारीमा रहेको छ ।

एफपिओ जारी गर्न कम्पनीले एनआइबीएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

गतबर्षको मुनाफबाट १३.५ प्रतिशत बोनस बाँडेको कम्पनीको चुक्ताँपूजी ५५ करोड ७४ लाख २० हजार रुपैयाँ पुगेको छ । एफपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी ९ करोड ८३ लाख रुपैयाँले बढेर ६५ करोड ५७ लाख रुपैयाँ नाघ्नेछ ।

साथै कम्पनीले एफपीओ जारी गरेपछि कायम पूँजीको १५ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव समेत २० औ बार्षिक साधारणसभाबाट पारित गराईसकेको छ । हकप्रद पश्चात कम्पनीको पूँजी ७५ करोड नाघ्नेछ । चालु आर्थिक बर्षको बोनस बाट कम्पनीले ८० करोड चुक्तापूँजी पुर्याउने योजना बनाएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।