चितवनको ज्योतीनगरमा आईसीएफसी फाइनान्सको १६ औं शाखा

Jun 30, 2017 merolagani

आइ.सि.एफ.सि. फाइनान्स (ICFC)ले चितवनको ज्योतिनगरमा १६ औं शाखा सञ्चालनमा ल्याएको छ । मुलुकभर शाखा विस्तार गर्दै ग्राहकवर्गमा अधिकतम सेवा पुर्याउने लक्ष्यका साथ फाइनान्सले नयाँ शाखा बिस्तार गरेको हो । केही दिन अघि मात्र फाइनान्सले त्रिशुलीमा १५ औं शाखा सञ्चालनमा ल्याएको थियो ।


फाईनान्सको नयाँ शाखाको उद्घाटन फाइनान्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै फाईनान्सका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पन्तले ग्राहकको आवश्यकतालाई सम्बोधन गर्दै आएको बताएका थिए । उनले सेवाग्राहीलाई उत्कृष्ट वित्तीय सेवा दिन फाइनान्स प्रतिबद्ध रहेको बताएका थिए । 

नयाँ शाखा विस्तासँगै अब फाइनान्सले १६ वटा शाखा र १३ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्नेछ ।

चुक्तापूँजी ८० करोड १७ लाख रहेको फाइनान्सले चालु आवको एधार महिना अवधिमा ६ अर्ब ३१ करोड निक्षेप संकलन तथा ५ अर्व ४९ करोड कर्जा प्रवाह १८ करोड खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले ४२ हजार भन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको छ । 

बैंकिंग सेवामा नेपाली जनताको पहुँच बढाउन शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाईरहेको फाइनान्सले छिट्टै चितवन जिल्लाको नारायणगढमा समेत शाखा सञ्चालन गर्ने बताएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।