मेगा बैंकलाई ६५ प्रतिशत हकप्रद बेच्दा पनि आठ अर्ब पूर्याउन हम्मे हम्मे

Jun 30, 2017 merolagani

मेगा बैंकका सेयरधनीहरुले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया थप लगानी गर्नुपर्ने भएको छ । बैंकले आठ अर्ब पूँजी पूर्याउन ६५ प्रतिशत हकप्रद जारी गर्ने भएपछि सेयरधनीले थप लगानी गर्नु पर्ने भएको हो ।



बैंकले हकप्रद जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको छ ।बैंकले गएको बार्षिक साधारण सभाबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

जस अनुसार बैंकले एक सय रुपैँयाका दरले २ अर्व ९७ करोड ८५ लाख ३ हजार चार सय ३३ रुपैंया बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।

हकप्रद शेयर निस्कासन गरेपछि बैंकको चुक्तापुँजी साँढे ७ अर्ब बढी पुग्नेछ । जसमा अपुग पुँजी बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने लक्ष्य राखेको छ

बैंकले नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

मेगाले टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको छ । टुरिजमलाई समेत गाभ्दा बैंकको चुक्तापूँजी नौ अर्ब बढी पुग्ने देखिन्छ । तर पछिल्लो समयमा यी दुई बैंकको मर्जर प्रक्रियामा केही अन्योल देखिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।