हकप्रद तथा बोनस समेत जारी गरेर विलय प्रकृया पुरा गरेको बैंकले आठ अर्ब पुग्न बाँकी पूँजी चालु आर्थिक वर्षको कमाईबाट थप गर्ने भएको हो ।
मर्जर समितिक संयोजक डा. शोभाकान्त ढकालका अनुसार विलय प्रकृया कुमारीको ठुलो सफलता हो । पूँजी वृद्धिका लागि मुलुकभरका साना ठुला बैंक तथा वित्तीय संस्थासँग मर्जरको विषयमा छलफल गरिए पनि कतैबाट साथ नपाएको अनुभव उनले कार्यक्रममा सुनाए ।
उनले भने, ‘मेगा बैंकबाट मर्जरको विषयमा छलफल अघि बढाएर पोखरा, बीरगञ्ज तथा बुटवल क्षेत्रका संस्थासँग कुरा गर्दा पनि सफलता पाइएको थिएन । एनसीसीसँगको मर्जरलाई पनि सेयरधनीले अस्वीकृत गरे पछि अन्यौलता बढेको थियो ।’
कार्यक्रममा उनले विलय प्रकृयाका सम्बन्धमा थपे, ‘यत्तिकैमा काष्ठमण्डप सहित काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिामाञ्चल फाइनान्ससँगको कुरा सकरात्मक बनेर आज हामी एक ठुलो बैंकका रुपमा स्थापित भएका छौं ।’
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले विगत कार्यक्रमहरुमा जस्तै गरी सञ्चाचलकहरुलाई बैंक चलाएर ठुलो आम्दानी गर्छु भन्ने भ्रममा नबस्न चेतावनी दिएका थिए । उनले भने, ‘सञ्चालक मित्रहरु मैले पहिलेदेखि भन्दै आएको छु, पैसा कमाउने हो भने बैंक चलाउने हैन, अन्य प्रकृतिका व्यापार व्यवशाय गर्न थाल्नुस । बैंक सेवाग्राहीको विश्वासमा चल्न सक्ने हुनु पर्छ ।'
विलय पश्चात बैंकमा कर्मचारीको संख्या सात सय ५४ पुगेको छ । ७४ वटा शाखा सञ्जाल पुगेको बैंकको निक्षेप ५२ अर्ब रुपैंया तथा कर्जा प्रवाह ४५ अर्ब रुपैंया पुगेको छ ।
बैंकले धितोपत्र बोर्डले गरेको पछिल्लो व्यवस्था अनु्सार अब दुई सातामा आफुमा विलय भएका बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार सुचारु गराई सक्नु पर्नेछ ।