छ्याङ्दी हाइड्रोको साधारण सेयर शनिबार बाँडफाँड हुँदै,कति पर्ला ?

Jun 30, 2017 Merolagani

सर्वसाधारणका लागि पाँच लाख ४० हजार कित्ता साधारण सेयर निष्काशन गरेको छ्याङ्दी हाइड्रोले शनिबार सेयर बाँडफाँड गर्ने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार टङ्गालस्थित अम्रपाली व्याङवेटमा शनिबार बिहान सेयर बाँडफाँड गर्न लागिएको हो ।

यो साधारण सेयरको बाँडफाँडमा नयाँ निर्देशिका लागू हुने छैन । साउन एक पछि बाँडफाँड हुने सेयरमा मात्र धितोपत्र बाँडफाँड निर्देशिका २०७४ लागू हुनेछ । जस अनुसार ५० हजार रुपैंयासम्मका आवेदकले साना लगानीकर्ताको रुपमा सेयर पाउने छन् भने सो भन्दा माथिका आवेदकले प्रतिशतका आधारमा सेयर पाउने छन् ।

कम्पनीको साधारण सेयरमा ६९ गुण बढीको आवेदन परेको पा्ररम्भिक तथ्यांक आएको थियो । जस अनुसार पाँच करोड ४० लाख रुपैंयाको सेयरका लागि तीन अर्ब ७२ करोड २९ लाख ३९ हजार चार सय रुपैंयाको आवेदन परेको थियो ।

कसलाई कति पर्ला सेयर ?

६९ गुणा बढीले परेको आवेदनका आधारमा मेरोलगानीले सात सय कित्तासम्मका आवेदकले गोलाप्रथाबाट १० कित्ता सेयर पाउने आँकलन गरेको छ । ९० हजार एक सय ३५ वटा आवेदन परेकोमा संस्थागत लगानीलाई बन्देज लगाए पछि साना लगानीकर्तालाई केही राहत मिलेको छ ।

सात सयदेखि सात सय १० कित्तासम्मका आवेदकले गोलाप्रथाबाट सेयर पाएको खण्डमा त्यस पछि १० कित्ता सेयर थप गरेर सेयर माग्नेले अनिवार्य रुपमा १० कित्ता सेयर पाउने छन् भने सात सय तीस कित्ता देखि माथिको आवेदन गर्नेले अनिवार्य रुपमा एक दशलमव तीन प्रतिशत सेयर पाउने सम्भावना छ । यस आधारमा दुइर्ए हजार सात सय कित्ता सेयर माग्नेले धेरैमा ३५ कित्ता सेयर पाउन सक्छन् ।

छ्याङ्दीले जेठ १४ देखि १८ गतेसम्म पाँच लाख ४० हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।