छ्याङ्दी हाइड्रोको आईपीओ नतिजा प्रकाशित, तपाईलाई पर्यो परेन हेर्नुस्

Jul 01, 2017 Merolagani

छ्याङ्दी हाइड्रोले शनिबार बाँडफाँड गरेको साधारण सेयरको नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । हाइड्रोको साधारण सेयरमा आवेदन गरेका मध्ये ६८८ जनाको आवेदन रद्ध भएको थियो । तपाईको आवेदन के भयो ? सेयर पर्यो कि परेन ? यसरी हेर्नुस् ...

मेरोलगानीको शिर्षस्थानमा रहेको IPO मा गएर IPO Result क्लिक गर्नुहोस् । छ्याङ्दी हाइड्रोपावर छनौट गरि आफ्नो डिम्याट खाताको विबरण राखेर आफुलाई सेयर परे नपरेको यकिन गर्नुहोस् ।

नतिजा खोज्दा आफ्नो डिम्याट खाता नम्बर मात्र उल्लेख गर्नुहोला । हामीलाई उपलब्ध भएको तथ्याङकमा आवेदकको नाममा त्रुटि भएको हुनाले डिम्याट खाताका आधारमा मात्र नतिजा प्रकाशित गरिएको छ ।

ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको यो नतिजामा गोलाप्रथामा परेका ७१० कित्तासम्मको मात्र नतिजा समेटिएको छ । सो भन्दा धेरै कित्ताका आवेदकको नतिजा नदेखाए पनि सेयर अनिवार्य रुपमा सेयर पाएको सम्झिनु पर्छ । आवेदन रद्ध भएको सम्बन्धमा ग्लोबल आईएमई क्यापिटलमा सम्पर्क राख्नु होला । ७१० कित्ताभन्दा माथिका आवेदकको रद्ध भएको आवेदनको विबरण यो नतिजामा समेटिएको छैन ।

 

छ्याङ्दी हाइड्रोको साधारण सेयर कसलाई कति पर्यो ? (बाँडफाँड मोडलसहित)

 

साधारण सेयर आवेदनमा यस्तो बदमासी गर्नेको विबरण अब धितोपत्र बोर्डमा

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।