हिमालयन जनरल इन्योरेन्स र रिलायबल माईक्रोफाइनान्सको कतिमा भयो सेयरमूल्य समायोजन ?

Jul 02, 2017 merolagani

आईतबार हिमालयन जनरल इन्योरेन्स (HGI) र रिलायबल माईक्रोफाइनान्स (RMFL)  को सेयरमूल्य समायोजन भएको छ । हिमालयनको १६६.६७ प्रतिशत तथा रिलायबल माईक्रोफाईनान्सको ५० प्रतिशत हकप्रदलाई समायोजन गरी नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ले नयाँ समायोजित मूल्य निर्धारण गरेको हो ।

हिमालयन जनरल इन्योरेन्स कम्पनीको १६६.६७ प्रतिशत हकप्रदलाई समायोजन गर्दा कम्पनीको सेयरमूल्य ६९१ रुपैयाँ निर्धारण गरिएको नेप्सेले जनाएको छ । यसअनुसार कम्पनीको सेयर कारोबार आईतबार ६९१ रुपैयाँबाट सुरु भएकोमा यो समाचार तयार पार्दासम्ममा पाँच प्रतिशतले सेयर मूल्य बढेर कारोबार भईरहेको छ । 

हिमालयनको १८० दिनको सेयर कारोबारबाट औषत आधारमूल्य ८५१ रुपैयाँ निर्धारण हुन आएको छ । कम्पनीको हकप्रद सूरक्षित गर्ने अन्तिम दिन ब्रोकरहरुले मूल्य अभिबृद्धि कर (भ्याट) मा दर्ता हुन र बक्यौता तिर्न कर कार्यालयले ताकेता गरेपछि बिहीबार एक्कासी सेयर बजार बन्द हुँदा कारोबार प्रभावित भएको थियो ।

हिमालयनले असार २८ गतेदेखि एनएमबि क्यापिटल मार्फत ६४ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । ३८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको हिमालयनको हकप्रद बिक्रीपछि एक अर्ब दुई करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीले १२ करोड २१ लाख खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९१ पैसा कायम गरेको छ । 

उता रिलायबल माईक्रोफाईनान्सको पनि ५० प्रतिशत हकप्रदलाई समायोजन गर्दा कम्पनीको सेयरमूल्य १८४३ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । माईक्रोफाइनान्सको १८० दिनको सेयर कारोबारबाट औषत आधारमूल्य १०२६ रुपैयाँ निर्धारण हुन आएको छ ।

रिलायबलले असार २५ गतेदेखि सिभिल क्यापिटल मार्केट मार्फत दुई बराबर एक अनुपातमा दुई लाख ८२ हजार पाँच सय कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । पाँच करोड ६५ लाख रुपैयाँँ चुक्ता पूँजी  रहेको रिलायबलले चालु आवको तेस्रो त्रैमासमा कम्पनीले एक करोड एक लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २४ रुपैयाँ २ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।