सुरु भयो ‘मल्टि क्लियरिङ बैंक सेटलमेण्ट’, राफसाफको चापमा कस्तो पर्ला असर ?

Jul 02, 2017 Merolagani

लामो समयको प्रकृया पुरा गरेर आइतबारदेखि थप तीन बैंकहरुले राफसाफको काम सुरु गरेका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सबै प्रकृया पुरा गरेर आइतबारदेदि नेपाल इन्भेष्टमेण्ट बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकलाई राफसाफको काममा सहभागि गराएको हो ।

यस अघि ग्लोबल आईएमई बैंकले मात्र राफसाफको काम गर्दै आएको थियो । बजारको आकार तथा लगानीकर्ताको संख्या बढिरहेको भन्दै चौतर्फी रुपमा राफसाफ बैंकको संख्या थप गर्नु पर्ने आवाज उठे पछि केही समय अघिबाट यसको प्रकृया अघि बढेको थियो ।

चार वाणिज्य बैंकले गर्ने राफसाफमा नेपाल इन्भेष्टमेण्ट बैंकले नेतृत्वदायी भुमिका निर्वाह गर्ने बताएको छ । केन्द्रिय निक्षेप प्रणालीका अनुसार बैंकका सबै पक्षका आधारमा इन्भेष्टमेण्ट बैंकलाई मुख्य बैंकका रुपमा समेटिएको हो ।

आइतबारदेखि हुने सबै कारोबारहरु मल्टी क्लियरिङ बैंक मार्फत सेटलमेन्ट हुन थाले पछि राफसाफ प्रकृया सहज हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।