खराब संस्थाहरु भेला पारेको सिभिल बैंकलाई अब आफ्नै अबस्था सुधार्ने चुनौति

Jul 03, 2017 Merolagani

खराब बित्तीय अबस्थासँग जुधिरहेको सिभिल बैंक(CBL)ले कमजोर अबस्थाका युनिक (UFIL)र हामा फाईनान्स(HAMA)लाई आफुमा मिलाएर आईतबारदेखि एकीकृत बित्तीय कारोबार सुरु गरेको छ । आफ्नै खराब कर्जा ४.६६ प्रतिशत नाघेर आपत्को अबस्थामा पुग्न लागेको सिभिलले खराब कर्जा ११ प्रतिशत माथि रहेको हामा फाईनान्सलाई मिसाउँदा खराब अबस्था अरु बढ्ने संभावना छ भने युनिक फाईनान्सको निस्क्रिय कर्जा न्युन रहेको देखाईएको छ ।

सिभिल बैंकले आफ्नो एक कित्ता सेयर बराबर युनिक फाईनान्सको शुन्य दशमलव ९० कित्ता र हामा मर्चेन्टको शुन्य दशमलव ८९ कित्ता सेयर अनुपातमा प्रदान गरी प्राप्ती गरेको हो ।

बिगतमा आईएलएफसी जस्ता बित्तीय अबस्था खराब रहेका कम्पनीहरुलाई आफुमा मिसाउँदा सिभिलको अबस्था खराब हुन पुगेको थियो । त्यसमा एमाले सांसद ईच्छाराज तामाड.र तत्कालीन प्रमुख कार्यकारी किशोर महर्जनको कुशासनले बैंक धरासायी अबस्थामा पुग्न झन् सहयोग गरेको थियो ।

बैंकका केही ठूला कर्जा बिना धितोका रहेका र त्यस्ता कर्जाहरु असुल नभएमा बैंकले आगामी दिनमा कर्जा नोक्सानी वापतको रकम थप बढाउनुपर्ने हुन्छ । बैंकले तेस्रो त्रैमाससम्म ४७ करोड रुपैयाँ कर्जा नोक्सानी वापत राखेको छ ।

बैंकका खराब कर्जाहरु असुली गर्न कर्मचारीहरुलाई सिमाबद्ध योजनासहित कडा निर्देशन दिईएकोले चौथो त्रैमासमा सुधार हुने अध्यक्ष अम्बिर बोगटीले मेरोलगानीलाई बताए । चौथो त्रैमासको बित्तीय बिबरण सुधारात्मक नै आउने उनको आँकलन छ ।
बैंकका अन्य संचालकहरुले पनि तत्काल ठूलो सुधार हुन नसक्दा थप खराब हुन नदिन भने आफुहरु क्रियाशील रहेको जनाएका छन् ।

बैंकले गत आर्थिक बर्षमा प्रदान गरेको २।८८ प्रतिशत बोनस तथा दुबै फाईनान्स एक्वायर र ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी सात अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुग्नेछ । अब बैंकले आठ अर्ब चुक्ता पूँजी पुर्याउन ७४ करोड छ लाख ८९ हजार रुपैयाँ थप गर्नुपर्ने हुन्छ ।

सिभिलले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म १५ करोड ४४ लाख रुपैयाँ कमाएर प्रति सेयर आम्दानी चार रुपैयाँ ५२ पैसा कायम गरेको छ । बैंकको पूँजी कोष १७.५४ र प्रतिसेयर नेटवर्थ १२८ हुनु भने राम्रै पक्ष हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।