सनराईज बैंकको ३० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Jul 03, 2017 merolagani

सनराईज बैंक (SRBL) ले गत जेठ १६ गतेदेखि  निष्काशन गरेको चुक्तापूँजीको ३० प्रतिशत हकप्रद  सोमबारबाट बन्द गर्देछ । बैंकले एक करोड ६३ लाख ५९ हजार छ सय ३६ कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

सनराईज बैंकले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोकेको छ ।

बैशाख २८ गते विहीबारसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीले असार १९ गतेसम्म प्रभु क्यापिटल लिमिटेड कमलादी,सनराइज बैंकको मुख्य कार्यालय सनराइज प्लाजा,गैह्रीधारा तथा सनराईज बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न सक्नेछन् ।

तपाईलाई सनराईज बैंकको कुन शाखाबाट हकप्रद भर्न सजिलो हुन्छ, बैंकको शाखा रहेको स्थान हेर्न यो लिंकमा गएर हेनु्होस् । 

क्यापिटलले उपलब्ध गराएको यो लिंकमा गएर आफ्नो नाम अनि डिम्याट खाता नम्बर राखेर कति कित्ता सेयर भर्नु पर्ने हो यकिन गर्नुहोस् । कागजी सेयर प्रमाणपत्र छ भने नाम र सेयरधनी नम्बर राखेर हकप्रदको विबरण हेर्नु सक्नुहुनेछ ।

बैंकको अहिले चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको छ । ३० प्रतिशत हकप्रद बिक्री पश्चात बैंकको चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ ।

सनराईज बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ८६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ कायम गरेको छ ।

राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउन बैंकले चालु आर्थिक वर्षको कमाईबाट ९० करोड बढी रकम बराबरको बोनस सेयर बितरण गर्नुपर्ने देखिन्छ । बैंकको सेयर आईतबार नेप्सेमा प्रतिकित्ता ३७५ रुपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।