नेपाल बैकको लिलामी सेयरमा सोमबारमात्र आवेदन गर्न पाईने

Jul 03, 2017 merolagani

नेपाल बैंकले असार १३ गतेदेखि लिलामीमा राखेको साधारण समूहको सेयरमा आवेदन गर्ने सोमबार अन्तिम दिन हो । बैंकले एक लाख ८९ हजार ६२५ कित्ता साधारण सेयर लिलामीमा राखेको हो ।

बैंकको लिलमी सेयरमा लगानी गर्न इच्छुक लगानीकर्ताले सोमबार कार्यालय समयभित्र बैंकको सेयर विक्री प्रबन्धक सिभिल क्यापिटल सिटिसि मल, सुन्धारामा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । 

आवेदन गर्दा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित मूल्यमा १०० कित्ताभन्दा बढि १० कित्ताको गुणांकमा सबै कित्ता सेयरका लागि आवेदन गर्न सक्नेछन् । बोलपत्र मंगलबार बिहान ११ बजे सिभिल क्यापिटल सिटिसी मल, सुन्धारा काठमाडौंमा खोलिने क्यापिटलले जनाएको छ ।

बैंकले बैशाख ७ देखि जेठ १० गतेसम्म एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा अवितरित भएको सेयर लिलमी खुला गरेको हो ।

बैंकले लिलामी सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई सेयर बाँडफाँड भएको ३ कार्यदिन पश्चात सिभिल क्यापिटल मार्फत चेक फिर्ता गर्नेछ ।

७ अर्ब ४५ करोड ९५ लाख रुपैयाँ चुक्तापूँजी रहेको नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा दुई अर्ब ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक ४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।