लगानीको अर्को अवसर,सानीमा क्यापिटलको सामुहिक लगानी कोष आउँदै

Jul 03, 2017 merolagani

सानीमा बैंकको सहायक कम्पनी सानीमा क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोष संचालनमा  ल्याउने भएको छ । क्यापिटलले सानीमा इक्वीटी फण्ड नामको सामुहिक लगानी कोषको १२ करोड इकाई निष्काशन अनुमतिका लागि  धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ता र सामुहिक लगानी कोषहरुको सहभागिता बढ्दै जाँदा सानीमा बैंकको सहायक कम्पनी सानीमा क्यापिटलले एक अर्ब २० करोड रुपैयाँ बराबरको सामुहिक लगानी कोषको इकाई सर्बसाधारणमा बिक्रीमा ल्याउने भएको हो । क्यापिटलले  सात बर्षे बन्दमुखी सामुहिक लगानीकोष ल्याउने भएको हो ।

यसअघि नै सिद्धार्थ  र ग्लोबल आईएमई क्यापिटलले १२ करोड इकाई जारी गर्न  निवेदन दिएका छन् । सानीमा इक्वीटी फण्डको समेत १२ करोड इकाई थपिएपछि अब लगानीकर्तालाई ३६ करोड  इकाईमा लगानी गर्ने अवसर प्राप्त हुने भएको छ ।

सानिमा इक्वीटी फण्डको सानिमा क्यापिटलले प्रवद्र्धन गरेको हो भने सानिमा बैंकले यो फण्डलाई प्रयोजन गर्नेछ ।

सामूहिक लगानी कोषमा कसरी लगानी सुरक्षित हुन्छ ?

सेयर बजारको बिषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका, शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु राम्रो विकल्प हुनसक्छ ।

सेयर बजारमा जोखिम मूल्याङकन गरी लगानी गर्न नसक्नेहरुका लागि यस्ता सामुहिक लगानी कोष निकै उपयोगी हुने गरेका छन् । यस्ता कम्पनीहरुले शेयर बजारमा कम्पनीको अबस्था, संस्थागत सुशासन, प्रगति गर्नसक्ने संभावना, जोखिमको अबस्थालगायतका बिषय मूल्याङकन गरी लगानी गर्ने हुँदा ईकाईधनी सर्बसाधारणले ढुक्कले प्रतिफल पाउने गर्छन ।

बर्षेनी ईकाईधनीले लाभांश पाउनुकासाथै अवधि समाप्त भएपछि जम्मा प्रतिफलसहितको एकमुष्ट रकम फिर्ता पाउने भएकाले सामुहिक लगानी कोष अति नै सुरक्षित मान्निछ । पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताको आर्कषण समेत यस्ता सामुहिक कोषहरुमा बढ्दै गएको देखिन्छ । यसका कारण नै पछिल्लो समय एकपछि अर्काे गर्दै म्युुचुुअल फण्डहरु आउन थालेका छन् ।

शेयर बजारको अनुभव नभएका, नयाँ लगानीकर्ता र जोखिम ब्यहोर्न नचाहनेहरुका लागि यस्ता सामुहिक लगानी कोषका ईकाईहरुमा लगानी गर्नु उत्तम विकल्प हुनसक्छ । यस्ता कम्पनीले बिज्ञहरुबाट अध्ययन गराई कम्पनीको आधारभुत अबस्था र जोखिमका पक्षहरुको गहन बिश्लेषण गरी लगानी गर्ने हुँदा लगानी सुरक्षित हुन्छ । जोखिम कम हुने र राम्रो प्रतिफल प्राप्त गर्ने हुँदा दोश्रो बजारको लगानीभन्दा सामुहिक लगानी कोषको लगानी सुरक्षित मानिन्छ ।

इकाईधनीले इकाईको अबधि सकिएपछि नाफासहितको एकमुष्ठ रकम फिर्ता पाउने हुँदा दोहोरो लाभ हुने नै छ त्यसमाथि आफुलाई आबश्यक परेको बेला यस्ता ईकाईहरु शेयर बजारमा बेच्न पनि सकिने छ ।

 

नेपालमा अहिले कतिवटा सामूहिक लगानीकोष सञ्चालमा छन् ?

हाल नेपालमा ११ वटा म्युचुअल फण्डहरु सञ्चालनमा रहेका छन् । जसमध्ये १० वटा म्युचुअल फण्डले कारोबार गरिरहेका छन् भने केही समय अघिमात्र निष्काशन गरी बाँडफाँड भएको लक्ष्मी इक्वीटी फण्ड समेत सूचिरणको प्रकृयामा नै रहेको छ ।

नेपालमा हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम १, सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्कीम, लक्ष्मी भ्यालु फण्ड,नवील ब्यालेन्स फण्ड १, एनआइबिएल समृद्धि फण्ड,एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड, ग्लोबल आइएमई समुुन्नति स्कीम, एनएमबी हाइब्रिड फण्ड १, नवील इक्वीटी फण्ड, र लक्ष्मी इक्वीटी फण्ड गरि १० वटा म्युचुअल फण्डले कारोबार समेत गरिरहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।