यसरी मंगलबार सूचिकृत भएको सेयर संख्याको आधारमा तीन विकास बैंमध्ये सबैभन्दा बढि गरिमा विकास बैंक (GBBL) को ८७ लाख ३० हजार ३७८ कित्ता सेयर सुचिकृत भएको छ । त्यस्तै ज्योति विकास बैंक (JBBL) को ७६ लाख ६५ हजार ६६३ कित्ता हकप्रद र महालक्ष्मी विकास बैंकको ९ लाख १३ हजार ४१६ कित्ता बोनस समेत मंगलबार नै नैप्सेमा सूचिकृत भएको हो ।
मंगलबार नै सेयर सूचिकृत गराउने अन्य कम्पनीहरुमा दुई लघुवित्त र एक इन्स्योरेन्स कम्पनी रहेको छ । नागबेली लघुवित्त (NBBL) को एक लाख २६ हजार ४१७ कित्ता हकप्रद र एक लाख ५० हजार कित्ता बोनस सेयर गरी नागबेली लघुवित्तले कुल दुई लाख ७६ हजार ४१७ कित्ता सेयर सूचिकरण गराएको हो ।
अर्को लघुवित्त कम्पनी आरएसडीसी लघुवित्त (RSDC) ले समेत एक लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृत गराउँदा प्रभु इन्स्योरेन्स (PRIN) को १९ हजार २५ हजार ७८ कित्ता हकप्रद सेयर सेयर बजारमा थपिएको हो ।
सबै सूचिकृत सेयरको सेयरधनीले अबको एक सातापछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सक्नेछन् ।