बंगालादेश र सिद्धार्थ डेभलपमेन्टको लिलामी सेयर किन्ने बुधबार अन्तिम दिन

Jul 05, 2017 merolagani

नेपाल बंगालादेश बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकले लिलामी खुला गरेका १८ लाख ४५ हजार पाँच सय ५७ दशमलव ८८ कित्ता सेयर लिलामीमा आवेदन गर्ने बुधबार अन्तिम दिन हो । बंगालादेश र सिद्धार्थ डेभलपमेन्टले एक साताअघि लिलामी आह्वान गरेका थिए । लगानीकर्ताले बुधबार कार्यालय समयभित्र मात्र  बैंकको लिलामी सेयरमा आवेदन गर्न सक्नेछन् ।

कहाँबाट कति कित्तासम्म गर्न सकिन्छ आवेदन ?

बंगलादेश बैंकले संस्थापक समूहको असार १४ गतेदेखि १९ हजार पाँच सय ११ कित्ता तथा सर्वसाधारण समूहको नौं लाख ६८ हजार छ सय नौं दशमलव ८० कित्ता गरी कुल नौं लाख ८८ हजार एक सय २० दशमलव ८८ कित्ता सेयर लिलामी मार्फत बिक्री खुला गरेको थियो ।

जनता बैंकसँग बेचिने सम्झौता गरेको सिद्धार्थ डेभलपमेन्ट बैंकले पनि असार १४ गतेदेखि नै संस्थापक समूह तर्फको चार लाख पाँच हजार आठ सय ८८ दशमलव ४५ कित्ता तथा सर्वसाधारण समूहतर्फको चार लाख ५१ हजार ५४८ दशमलव ५६ कित्ता सेयर गरी कुल आठ लाख ५७ हजार चार सय ३७ कित्ता सेयर लिलामीमा राखेको हो ।

लिलामी सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले नेपाल बंगलादेशको संस्थापक सेयर खरिद बंगलादेश बैंकको प्रधान कार्यालय कमलादीबाट मात्र आवेदन गर्न सक्नेछन् भने साधारण सेयरको लागि ग्लोवल आईएमई क्यापिटल तथा बैंक दुबै स्थानबाट आवेदन दिन सकिनेछ । सिद्धार्थ बैंकको सेयर लिलामी आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्सालबाट दिउँसो ३ बजेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

लगानीकार्ताले लिलामी आवेदन गर्दा न्यूनतम १०० कित्ता आवेदन गर्नुपर्नेछ । अधिकतम कित्ताको लागि कुनै सिमा नतोकिएकाले सबै कित्तासम्मको लागि समेत आवेदन गर्न सक्नेछन् । त्यस्तै न्यूनतम एक सय रुपैयाँमा आवेदन गर्नुपर्छ भने सो भन्दा बढि मूल्य अंकित गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । सबैभन्दा बढि सेयरमूल्य कबुल गर्ने लगानीकर्ताले सेयर प्राप्त गर्ने हुँदा लगानीकर्ताले अन्य बैंकको सेयर बाँडफाँड भएको मूल्यलाई विचार गरेर मूल्य निर्धारण गर्दा सेयर पाउने सम्भावना बढि हुन्छ ।

बंगालादेश बैंकको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता ३९६ रुपैयाँ हाराहारीमा कारोबार भईरहेको छ भने सिद्धार्थ बैंकको सेयर कारोबार जनता बैंकसँग एक्वायर सम्झौता हुँदा ३४० रुपैयाँमा रोकिएको थियो । जनता बैंकको भने बुधबार २६० रुपैयाँ हाराहारीमा कारोबार भएको छ ।

बंगलादेश बैंकको बोलपत्र असार २३ गते दिउँसो ३ बजे नेपाल बंगलादेश बैंकको सेयर विभाग कमलादी काठमाडौंमा खोलिने जनाईएको छ भने सिद्धार्थ डेभलपमेन्ट बैंकको सोही दिन दिउँसो १ बजे नबिल इन्भेष्टमेन्टको कार्यालय नारायणचौर नक्सालमा खुला गरिनेछ ।

लिलामीमा सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई सेयर बाँडफाँड भएको तेस्रो दिनदेखि क्यापिटलको कार्यालय मार्फत वा सोझै नेपाल क्लियरिङ्ग हाउसको आईपीएस प्रणाली मार्फत खातामा नै फिर्ता गरिने क्यापिटलहरुले जनाएका छन् ।

लिलाममा सेयर बिक्रीको ओईरो लाग्दा आयो सस्तोमा किन्ने अवसर, कति मूल्यमा सकार्ने ?

११ कम्पनीका लाखौं कित्ता सेयर लिलाममा किन्ने अवसर, उचालिएर मूल्य हाल्ने मुर्खता गर्दै नगर्नुहोस्

जनताले किनेको सिद्धार्थ डेभलपमेन्टको साढे आठ लाख कित्ता सेयर लिलामीमा

राष्ट्र बैंकको निर्देशन मिचेर बंगलादेश बैंकमा कसरी भरे कालो सूचीका संस्थापकले हकप्रद ?

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।