नेपाल बैंक बन्यो सबैभन्दा पहिले आठ अर्ब पूँजी नघाउने दोस्रो बाणिज्य बैंक

Jul 05, 2017 Merolagani

तीन कम्पनीको ठूला कित्ता सेयरहरु फेरि बेच्ने 

नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको न्युनतम चुक्ता पूँजी आठ अर्ब बनाउनु पर्ने गरी मौद्रिक नीति ल्याएपछि चुक्ता पूँजी पुर्याउनेमा नेपाल बैंक (NBL) दोस्रो बाणिज्य भएको छ । राष्ट्र बैंकको नीति आएपछि यसअघि नेपाल ईन्भेष्टमेन्ट बैंकले आठ अर्ब ७० करोड चुक्ता पूँजी कायम गरेको थियो । सर्बसाधारणमा सेयर जारी नगरेको राष्ट्रिय बाणिज्य बैंकको चुक्ता पूँजी पहिले नै आठ अर्ब भन्दा बढी थियो ।

 

नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद बिक्री गरेपछि चुक्ता पूँजी आठ अर्ब नाघेको हो । अहिले उसको चुक्ता पूँजी आठ अर्ब दुई करोड पुगेको छ भने लिलाममार्फत बेचेको एक लाख ८९ हजार कित्ता हकप्रद सेयर सुचिकृत भएपछि आठ अर्ब चार करोड पुग्ने बैंक सम्बद्ध स्रोतले जनाएको छ ।

राष्ट्र बैंकले यही असार मसान्तको बित्तीय बिबरणमा आठ अर्ब चुक्ता पूँजी कायम हुनुपर्ने गरी बैंकहरुलाई पूँजी बृद्धि नगरे कारबाही गर्ने जनाएको छ । 

केही बर्ष अगाडि खराब कर्जाले थलिएर झण्डै बिघटनमा गएको नेपाल बैंकले हालैका बर्षहरुमा आफुलाई तीब्र रुपमा सुधारी नियमनकारी निकायले तोकेको चुक्ता पूँजी समेत कायम गरी ठूलो फड्को मारेको छ । यस बर्षको खुद नाफा समेतको हिसाब गर्दा उसको जगेडा घाटा समाप्त भएर बैंक क्रमशः सबल दिशामा जाने तयारी गर्दैछ । बैंकले पूँजी कोष पर्याप्तता यस आर्थिक बर्षको सुरुमै कायम गरेको थियो ।

नेपाल बैंक ब्यवस्थापनको ध्यान अब सम्पति बिक्री र ब्यापार बढाउनेतिर केन्द्रित भएको छ । चालु आर्थिक बर्षको चौथो त्रैमाससम्ममा बैंकले तीन अर्ब खुद नाफा नघाउने संकेत देखिएको कर्मचारीहरु बताउँछन् ।

बैंक स्रोतका अनुसार उसले अब साना किसान बिकास बैंकको संस्थापक सेयर, नागरिक लगानी कोषको रहेको दुई लाख ६० हजार कित्ता संस्थापक सेयर र डिप्रोक्स लघुवित्तको साधारण सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीद्धारा गठित समितिले सेयरको मूल्य निर्धारण गरे लगत्तैै सेयरहरु लिलाममा आउने जनाईएकोे छ ।

बिगतमा उसले नेपाल ईन्स्योरेन्स, नागरिक लगानी कोष र तारा गाउँ रिजेन्सी होटलको संस्थापक सेयर बेचेर ठूलो रकम आम्दानी गरेको थियो ।

धितो लिलाम गरेर डुबेको कर्जा असुली गरी निस्क्रिय कर्जाको अनुपातलाई पनि कम गर्दै गएर बैंकले आफुलाई स्वस्थ बैंकमा रुपान्तरण गरेको छ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।