सेञ्चुरी बैंकलाई राष्ट्र बैंकले दियो सेती फाइनान्स प्राप्ति गर्ने सैद्धान्तिक सहमति

Jul 05, 2017 merolagani

नेपाल राष्ट्र बैंकले सेञ्चुरी कमर्सियल बैंक (CCBL) लाई सेती फाइनान्स प्राप्ति गर्न सैद्धान्तिक सहमति (एलओआई) प्रदान गरेको छ ।

यसअघि इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार थालिसकेको बैंकले यसअघि नै अल्पाइन डेभलपमेन्ट र सगरमाथा फाइनान्सलाई प्राप्ती गर्नलाई स्विकृती पाइसकेको छ । केही दिनअघि मात्र सम्पन्न सेञ्चुरी र सगरमाथाको द्बैको विशेष साधारणसभाले सगरमाथालाई १०० कित्ता बराबर ९५ कित्ता सेयर स्वापमा एक्वाएर गर्ने हुने विशेष प्रस्ताव पारित गरेको थियो । 

बैंकले ४० प्रतिशत हकप्रद जारी गर्न असार २७ गते सेयरधनी किताब बन्द गर्देछ । हकप्रद तथा सबै संस्थालाई प्राप्ती गर्दा बैंकको चुक्ता पूँजी सात अर्ब ९० करोड रुपैयाँ पुग्नेछ भने बाँकी रकम चालु आर्थिक बर्षको नाफाबाट बोनस वितरण गरेर आठ अर्ब चुक्तापूँजी पुग्नेछ ।

सेञ्चुरी बैंकले ५३ वटा शाखा सञ्जाल, ३३ वटा एटीएम, १५ वटा शाखारहित बैंकिङ्ग सेवा र ५ वटा एक्सटेन्सन काउन्टरबाट ग्राहकमा बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । एक्वायर गर्न लागेको सबैलाई आफुमा समाहित गर्दा बैंकको कुल शाखा कार्यालयहरु ९० पुग्नेछ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।