थप नयाँ शेयर निष्काशन गरेर गत वर्ष ७ अर्ब २५ करोडको हाराहारीमा चुक्ता पूँजी बनाएको ईन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । त्यस यता बैंकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरी चुक्ता पूँजी आठ अर्ब ७५ करोडको हाराहारीमा छ ।
उता एक अर्ब २० करोड चुक्ता पूँजी भएको एसलाई ४१ प्रतिशत स्वापमा विलय गरे पछि ईन्भेष्टमेण्ट बैंकको चुक्ता पूँजी नौ अर्ब २४ करोडको हाराहारीमा पुग्नेछ ।
बैंकले हाल कायम रहेको ईन्भेष्टमेण्ट बैंक र एस डेभलपमेण्ट बैंकको शाखाहरु यथास्थानमा शाखा सञ्चालन गर्ने तयारी गरेकोले बैंकको कुल शाखा संख्या ६१ पुग्नेछ । त्यस्तै ईन्भेष्टमेण्ट बैंक र एस डेभलपमेण्ट दुबै बैंकको एटीएम संख्या जोड्दा ९८ पुगेको छ ।