सानिमा बैंकले हकप्रद निश्कासन गर्दा आबेदन नपरेको साधारण समुहतर्फको दुई लाख ११ हजार ४७ कित्ता सेयर लिलामी बिक्रीमा राखेको हो ।
बैंकको लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले बैंकको सेयर विक्री प्रबन्धक सीबीआईएल क्यापिटलमा बाटुलेघर डिल्लीबजारमा आवेदन दिनुपर्ने हुन्छ ।
उता सिटिजन्स बैंकले समेत संस्थापक समूहतर्फको एक लाख ९९ हजार तीन सय १३ कित्ता र सर्वसाधारण समूहतर्फको चार लाख २० हजार चार सय ९० कित्ता सेयर लिलामी विक्रीमा राखेको छ ।
लिलामी सेयर सर्कान इच्छुक लगानीकर्ताले सिटिजन्स बैंकको सेयर विक्री प्रबन्धक सानीमा क्यापिटलमा वा सिटिजन्सको प्रधान कार्यालय नारायणहिटीमा आवेदन दिनुपर्ने हुन्छ । यसअघि लिलामी भर्ने समय बुधबारसम्म तोकेर गलत सूचना बैंकले प्रकाशित भएपछि लगानीकर्ता अलमलमा परेका थिए । क्यापिटलले सूचना गलत प्रकाशित भएको भन्दै बुधबार अर्को सूचना जारी गरेको थियो ।
दुबै बैंकको लिलामीमा आवेदन गर्दा न्यूनतम एक सय रुपैयाँ तथा एक सय कित्ताको लागि वा सोभन्दा बढिका लागि बोलकबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । लगानीकर्ताले लिलामी आवेदन गर्दा १० कित्ताको गुणांकमा सेयर आवेदन गर्नुपर्ने हुन्छ भने सबैभन्दा बढि बोलकबोल गर्नेले सेयर प्राप्त गर्नेछ ।
सानिमा बैंकको लिलामी सेयरको बोलपत्रहरु असार २३ गते दिउँसो २ बजे सीबीआईएल क्यापिटलको कार्यालय बाटुलेघर डिल्लीबजार र सिटिजनस बैंकको शिलबन्दी बोलपत्र पनि असार २३ गते नै दिउँसो साढे तीन बजे सानिमा क्यापिटल नारायणचौर नक्सालमा खोलिनेछ ।
सानिमाले चालु आवको तेस्रो त्रैमासमा ९४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २३.९५ रुपैयाँ कायम गरेको छ । सानिमाको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता ४१६ रुपैयाँमा कारोबार भएको थियो ।
सिटिजन्सले तेस्रो त्रैमासमा ८८ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २० रुपैयाँ ३४ पैसा कायम गरेको छ । सिटिजन्सको सेयर नेप्सेमा बुधबार प्रतिकित्ता ३८३ रुपैयाँमा कारोबार भएको थियो ।