यस्ता कम्पनीको हकप्रदमा उचालिएर लगानी गर्दा बिचार पुर्याउनुस्

Jul 06, 2017 Merolagani

नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंक र काबेली विकास बैंकलाई हकप्रद विक्री गर्ने अनुमति प्रदान गरेको छ । बोर्डले सिन्धुलाई ८० प्रतिशत र काबेलीलाई ५० प्रतिशत हकप्रदको अनुमति दिएको हो । ठुलो मात्रामा हकप्रद निष्काशन गर्दा प्रतिसेयर आम्दानीमा आउने गिरावट तथा पूँजी नपुगेर फेरी मर्जरमा जानु पर्ने अवस्था हेरेर विवेकपुर्ण तवरले सेयर खरिद गर्नु उचित देखिन्छ ।

सिन्धु विकास बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने २० लाख ९७ हजार ५४० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति प्राप्त गरेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआइबिएल क्यापिटल रहेको छ ।

यस अघि पनि भारी मात्रामा हकप्रद निष्काशन गरेको बैंकको प्रतिसेयर आम्दानीमा भारी गिरावट आउने देखिन्छ । २६ करोड २१ लाख ९२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको सिन्धु विकास बैंकको ८० प्रतिशत हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ४७ करोड नाघ्नेछ ।

चैतसम्ममा दुई करोड ५५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १३ रुपैयाँ रहेको बैंकको हकप्रद पछि आम्दानी कति होला भनेर लगानी गर्नु पहिले सोच्नु पर्ने हुन्छ ।

उता काबेली विकास बैंकले पनि धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ५० प्रतिशत बराबरको हकप्रद विक्री गर्ने अनुमति पाएको छ । बोर्डले तीन लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो ।

गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गर्नु पहिलेको पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । गत आर्थिक वर्षको २० प्रतिशत बोनस तथा हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी जम्मा १२ करोड नजिक पुग्नेछ ।

बैंकले फेरी उक्त पूँजीको ५० प्रतिशत हकप्रद प्रताव गरिसकेको छ । यो हकप्रदको प्रकृया पुरा हुँदा पनि बैंकको चुक्ता पूँजी २२ करोड माथि मात्र हुन्छ । थप २७ करोड पूँजी उसले कसरी जुटाउला ? लगानी गर्नु पहिले यो कुरामा ध्यान पुर्याउन जरुरी ।

अब उसको एक मात्र विकल्प मर्जर वा विलय हो । हकप्रदमा उचालिएर सेयर किन्दा लामो समयका लागि लगानी फस्नेतर्फ सचेत हुनुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।