भिबोर सोसाइटी र लुम्बिनीले असार २५ देखि एकीकृत कारोबार थाल्ने

Jul 06, 2017 merolagani

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक (VBBL) र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनी (LFLC) एकआपसमा गाभिएर यही असार २५ गतेदेखि लुम्बिनी विकास बैंकको नाममा एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

हाल लुम्बिनी फाइनान्सको चुक्तापूँजी करिब ५६ करोड रुपैयाँ छ भने भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चुक्तापूँजी १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ छ । दुबै संस्था मर्ज भएपछि बन्ने लुम्बिनी विकास बैंकको चुक्ता पूँजी करिब दुई अर्व ३८ करोड पुग्नेछ । त्यसैगरी निक्षेप १८ अर्व, कर्जा प्रवाह १५ अर्व तथा शाखा संख्या ५० तथा कर्मचारीको संख्या करिब ५ सय पुुग्नेछ ।

 

बैंकको अध्यक्षमा भिबोर सोसाइटीका अध्यक्ष पराजुली र प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाल रहने छन् । यसैबिच बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम नयाँ बनेको लुम्बिनी विकास बैंकको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सुशिलराज पराजुलीले पद तथा गोपनियताको सपथ ग्रहण बुधबार नै लिईसकेका छन् ।

नेपाल राष्ट्र बैंकले ०७४ असार मसान्तभित्रमा राष्ट्रिय स्तरको विकास बैंकले चुक्तापूँजी २ अर्ब ५० करोड पुर्याउनुपर्ने व्यवस्था गरेकाले बाँकी १२ करोड रुपैयाँको बोनस वितरण गर्दा चुक्ता पूँजी पुग्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले निर्दिष्ट गरेको चुक्ता पूँजी पूरा गर्दै मर्जपछि बैंकको पूँजीगत आधार सुदृढ गरि प्रतिस्पर्धात्मक क्षमताको बिकास हुने विश्वास बैंकले लिएको छ ।

साबिकको भिबोर बैंक र सोसाइटी डेभलपमेन्ट बैंकबीच मर्जर भई गत भदौ महिनादेखि मात्र संयुक्त कारोबार थालेको राष्ट्रियस्तरको भिबोर सोसाइटी डेभलपमेन्टले करिब २१ वर्ष पुरानो लुम्बिनी फाईनान्सलाई गाभेको हो । मर्जर प्रक्रियाको लागि दुबै संस्थाको सेयर कारोबार भने २०७३ माघ २५ गतेदेखि बन्द रहेको छ ।

गत वैशाख २८ गते सम्पन्न बिशेष साधारणसभाबाट पारित भएबमोजिम लुम्बिनी फाइनान्स एण्ड लिजिङको १०० कित्ता सेयर बराबर भिवोर सोसाइटीको ८० कित्ता सेयर आदान प्रदान गर्ने गरी मर्जरमा गएका हुन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।