२६ फाइनान्समध्ये कुनको अवस्था कस्तो ?

Jul 07, 2017 merolagani

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा फाइनान्स कम्पनीहरुको खराब कर्जा औसतमा घटेको छ । राष्ट्र बैंकले तेस्रो त्रैमासको वित्तीय विवरणको आधारमा तयार पारेको प्रतिवेदनमा २६ फाइनान्स कम्पनीहरूको औसत खराब कर्जा ४.०६ प्रतिशत रहेको छ ।

यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.५९ प्रतिशतले कम हो । राष्ट्र बैंकका अनुसार २०७२ को चैत मसान्तसम्म फाइनान्स कम्पनीहरूको खराब कर्जा ५.६५ प्रतिशत रहेको थियो । राष्ट्र बैंकले फाइनान्स कम्पनीलाई खराब कर्जा ५ प्रतिशतभन्दा कम कायम गर्न निर्देशन दिँदै आएको छ । 

२६ फाइनान्स कम्पनीहरूको कुल ५६ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४९ अर्ब ८१ करोड कर्जा लगानी गरेकोमा जसमध्ये ४.०६ प्रतिशत खराब कर्जा देखिएको हो ।

यी हुन् खराब कर्जा उच्च भएका फाइनान्स

२६ फाइनान्स कम्पनीमध्ये आठ कम्पनीको खराब कर्जा उच्च देखिएको छ । खराब कर्जा उच्च हुनेमा सेति, हामा, सिनर्जी, अरुण, जनरल, लुम्बिनी, पश्चिमाञ्चल र युनियन फाइनान्स रहेका छन् । त्यसमध्ये अरुण र जनरल फाइनान्स समस्याग्रस्त संस्थाको सूचीबाट केही महिना अगाडि फुकुवा भएका हुन् ।

यी हुन् खराब कर्जा कम भएका फाइनान्स
२६ फाइनान्स कम्पनीमध्ये पाँचवटा फाइनान्सको खराब कर्जा पनि १ प्रतिशतभन्दा कम रहेको छ । सबैभन्दा कम खराब कर्जा श्री इन्भेस्टमेन्टको रहेको छ । श्री इन्भेस्टमेन्टको कुल कर्जाको ०.२६ प्रतिशत मात्रै खराब कर्जा छ । युनिक, नमस्ते, आइसिएफसी, गुहेश्वरी र युनाइटेड फाइनान्सको पनि खराब कर्जा एक प्रतिशत भन्दा कम छ ।

 

कर्जा बढ्यो,निक्षेप घट्यो

चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा अर्थात चैत मसान्तसम्ममा फाइनान्स कम्पनीको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ । राष्ट्र बैंकका अनुसार चैत २०७३ सम्ममा फाइनान्सहरुले ५६ अर्ब ९६ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरेका छ भने ४९ अर्ब ८१ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
अघिल्लो वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरुले ७२ अर्ब १३ करोड ९७ लाख रुपैयाँ निक्षेप संकलन गरे ३६ अर्ब ३२ करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

समिक्षा अवधिमा अधिकांस फाइनान्स कम्पनीहरुको कर्जा निक्षेप अनुपात ७५ प्रतिशतको आसपासमा रहेको छ ।यस्तो अनुपात सबैभन्दा बढी जनरल फाइनान्सको १४० प्रतिशत रहेको छ भने सबैभन्दा कम हामा मर्चेन्ट फाइनान्सको रहेको छ ।

यी फाइनान्स कम्पनीहरु विलय हुँदै छन्

चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २६ फाइनान्स कम्पनीहरु रहेपनि अझै फाइनान्स कम्पनीहरुको संख्या घट्ने क्रममा रहेको छ । यी फाइनान्स कम्पनीहरु मध्ये आधादर्जन बढी फाइनान्स कम्पनीहरु विभिन्न बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनको प्रक्रियामा रहेका छन ।

जसमध्ये युनिक फाइनान्स र हामा मर्चेन्टलाई सिभिल बैंकले किन्ने भएको छ । युनियन फाइनान्सलाई देव विकास बैंकले, सगरमाथा र सेति फाइनान्सलाई सेञ्चुरी बैंकले एक्वायर गर्देछ । त्यस्तै लुम्बिनी फाइनान्स भिवोर विकास बैंकसँग मर्ज भएर लुम्बिनी विकास बैंक बनिसकेको छ । पश्चिमाञ्चल फाइनान्स कुमारी बैंकमा मिसिएको छ । नमस्ते वित्तीय संस्था वेस्र्टन डेभलपमेन्ट बैंकले लग्दैछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।