लक्ष्मी बैंकको लिलामी सेयर आवेदन गर्ने आज अन्तिम दिन

Jul 07, 2017 merolagani

लक्ष्मी बैंकले निष्कासन गरेको लिलामीको सेयरमा आवेदन गर्ने म्याद आज सकिदैछ । बैैंकले सर्वसाधारण तर्फको तीन लाख ९४ हजार ९३९ कित्ता सेयर हकप्रदमा विक्री नभएपछि लिलामीमा राखेको हो ।

लक्ष्मी बैैंकले गत बैशाख ३ देखि जेठ ७ गतेसम्म शतप्रतिशत अर्थात तीन करोड १५ लाख ९० लाख कित्ता हकप्रद निष्काशन गरको थियो ।

बैंकको लिलामीको सेयरको विक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । ईच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वरमा असार २३ गते १ बजेभित्र बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा न्युनतम एक सय कित्ता र त्यसमाथि १० ले भाग जाने गरि एक सय रुपैयाँ भन्दा बढि मूल्यमा तोकेर बोलकबोल आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकको हकप्रदपछि चुक्ता पूँजी ६ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुगेको छ । बैंकको असार १३ गते सम्पन्न साधारणसभाले १८.२९ प्रतिशत बोनस पारित गरेपछि बैंकको चुक्ता पूँजी सात अर्ब ४७ करोड ३७ लाख रुपैयाँ पुगेको छ । लिलामीमा सेयर पाउने लगानीकर्ताले समेत बोनस प्राप्त गर्नेछन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।