दोस्रो बजारमा ४११ मा पाइने बंगलादेश बैंकको सेयरलाई लिलामीमा ४१५ रुपैंया हाल्ने को होला ?

Jul 07, 2017 Merolagani

नेपाल बंगलादेश बैंकले ठुलो संख्यामा लिलाममा राखेको सेयरमा बजार मूल्यभन्दा बढीमा सेयर सकार्न चाहने लगानीकर्ता भेटिएका छन् । बैंकको केन्द्रिय कार्यालय घण्टाघरमा सेयर लिलामीको बोलकबोल खोल्दा यस्तो भेटिएको हो । एक बीमा कम्पनीले बैंकको लिलामी सेयरको ठुलो हिस्सा आफ्नो नाममा पारेको छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका कर्मचारी घण्टाघरस्थित बैंकको कर्पोरेट कार्यालयमा गएर सेयरको बोलकबोल खोलेका हुन् । जस अनुसार संस्थागत लगानीकर्ताको तुलनामा धेरै व्यक्तिगत लगानीकर्ताले लिलामीको सेयर सकारेका छन् । बोलकबोल खोल्ने मात्र काम सकिएको छ । प्ररम्भििक तथ्यांक अनुसार बैंकको लिलामी सेयर बाँडफाँडको न्युनतम मूल्य ३६८ रुपैंया हुन सक्ने देखिएको छ ।

अन्तिम नतिजा आउँदा यसमा केही परिमार्जन हुन सक्नेछ । गत बिहीबार दोस्रो बजारमा बैंकको प्रतिकित्ता सेयर मूल्य १४ रुपैंयाले बढेर ४११ रुपैंयामा अन्तिम पटक कारोबार भएको थियो । उक्त मूल्यलाई पनि तल पार्दै लिलामीमा ४१५ रुपैंयासम्को बोलकबोल परेको छ । राती अबेरसम्म बोलकबोल खोलिएका कारण आवेदकहरुको विबरण संकलन हुन सकेको छैन ।

 

सबै विबरणको अन्तिम नतिजा तयार भए पश्चात मेरोलगानीले लगानीकर्ताको विबरण प्रकाशित गर्नेछ । यस क्रममा एक बीमा कम्पनीले ठुलो संख्यामा बैंकको सेयर हात पारेको छ । बैंकले ८० प्रतिशत हकप्रदका दौरान बिक्री नभएको नौ लाख ६८ हजार ६०९ कित्ता साधारण सेयर लिलाममा राखेको थियो ।

त्यसै गरी बैंकको १९ हजार ५११ कित्ता संस्थापक सेयरका लागि तीन जनाले आवेदन गरेका छन् । कसले सेयर पायो कसले पाएन भन्ने नतिजा आउन बाँकी छ । आवेदक तथा सेयर पाउने व्यक्तिको विबरण सहित अर्को सामग्री प्रकाशित गरिनेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।