एभरेष्ट इन्स्योरेन्सको २० प्रतिशत बोनस र ६ सय प्रतिशत हकप्रद पारित

Jul 08, 2017 merolagani

एभरेष्ट इन्स्योरेन्स (EIC) ले बीमा समितिले तोकेको चुक्तापूँजी पुर्याउन २० प्रतिशत बोनसपछि ६०० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार एकसाथ सम्पन्न इन्स्योरेन्सको १८ औं, १९ औं, २० औं, २१ औं र २२ औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।



इन्स्योरेन्सले आर्थिक बर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस प्रस्ताव गरेको थियो । जसअनुसार कम्पनीले २ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको बनोस सेयर वितरण गर्ने छ भने कर प्रयोजनका लागि १० लाख ६५ हजार ७ सय ८९ रुपैयाँ नगद लाभाँश सेयरधनीलाई वितरण गर्ने भएको छ ।

हाल १० करोड १२ लाख चुक्तापूँजी रहेको एभरेष्टको २० प्रतिशत बोनस र त्यसपछिको ६०० प्रतिशत हकप्रदले उसको पूँजी ८५ करोड ५  लाख मात्र पुग्नेछ । बीमा समितिको निर्देशन अनुसार २०७५ असार मसान्तसम्ममा चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्नेछ ।

केही बर्ष अघि संकटग्रस्त अबस्थामा पुगेर क्रमशः सुध्रिदै आएको एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुई करोड खुद नाफा कमाएको छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड रुपैयाँ छ ।

एभरेष्ट ईन्स्योरेन्स केही बर्ष अघि नक्कली अग्नि बीमा दावी भुक्तानी काण्डले थला बसी बीमा समितिको कारबाहीमा परे पनि हालैका बर्षहरुमा उसको अबस्थामा केही सुधार हुँदै गएको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।