नगर क्षेत्रमा कार्यरत मजदुरको बीमा गर्नु नगरपालिकाको पहिलो एजेन्डा भएको उनको भनाइ थियो ।
“निर्माण क्षेत्रमा काम गर्न जोखिम भएकाले बीमा गर्न लागिएको हो,”उनले भने । नगर प्रमुख बस्नेतले सुकुम्वासी र दलितको पहिचान गरेर आवासको व्यवस्था गरिने बताए । सुकुमवासी र दलितको तथ्याङ्क सङ्कलन गरिने छ । तथ्याङ्क सङ्कलनपछि कार्यविधि बनाएर आवास कार्यक्रम कार्यान्वयन गरिनेछ । रासस