सातामा नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको हकप्रद, दुई कम्पनीको प्राथामिक निष्काशन सूचिकरण र एक कम्पनीको सेयर रुपान्तरण भएको छ । जसमध्ये लक्ष्मी बैंकले दुई करोड ७९ लाख तीन हजार ८७३ कित्ता हकप्रद सेयर सूचिकरण भएको छ । एन.आई.सि एशिया बैंकको ८७ लाख २९ हजार ४७५ कित्ता र महाकाली विकास बैंकको एक लाख ४८ हजार २९२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
छ्याङ्दी हाइड्रोपावर कम्पनीले २१ लाख ६० हजार कित्ता प्राथमिक निष्काशन (साधारण सेयर) र लक्ष्मी इक्विटी फण्डको एक करोड २५ लाख इकाई नेप्सेमा सूचिकृत भएको हो ।
त्यस्तै प्राइम कमर्सियल बैंकले साबिकको विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि प्राईम बैंकको नाममा ५३ लाख २८ हजार ७२१ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ ।
प्राइमले स्वाप रेसियोको आधारमा कायम भएको विराटलक्ष्मी र कन्ट्रीकोे सेयर आफ्नो नाममा रुपान्तरण गराएको हो ।