बजारमूल्य भन्दा महँगो एफपीओ कसले किन्ला ?

Jul 09, 2017 merolagani

अरुण भ्याली हाइड्रो पावर कम्पनी (AHPC) ले बजारमूल्य भन्दा महङो मूल्य राखेर थप नयाँ साधारण सेयर अर्थात एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिले उक्त निर्णय गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २०१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ३०१ रुपैयाँमा एफपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ । अरुणले धितोपत्र बोर्डबाट जारि गरिएको नयाँ निर्देशन बमोजिम धितोपत्र मूल्याङकनकर्ताको आधारमा मूल्य प्रस्ताव गरेको जनाएको छ । कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता सेयर एफपीओ जारी गर्ने बताएको छ ।

अहिले यो कम्पनीको बजारमा प्रतिकित्ता २९० रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ । बजारमूल्य भन्दा पनि महङोमा एफपीओ प्रस्ताव गरेकाले कम्पनीको एफपीओ कसले किन्ला ? तर एफपीओको बहानमा बजारमा यो कम्पनीको भाउ बढाउने प्रयत्न भने हुनसक्छ । यसतर्फ लगानीकर्ताहरु सचेत हुन आवश्यक देखिन्छ । अरुण भ्यालीको संस्थागत सुशासन कमजोर रहेको चर्चा हुँदै आएको छ ।

नेपाल धितोपत्र बोर्डले प्रत्यक्ष नियमनकारी निकाय नभएका नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत कम्पनीहरुलाई हकप्रद र थप सार्बजनिक निस्कासन (एफपीओ) जारी गर्न कडा मापदण्ड तोकेपछि कम्पनीले ती मापदण्ड पुरा गरेर एफपीओ प्रस्ताव गरेको दाबी गरेको छ ।

अरुण भ्यालीको गत चैतसम्ममा तीन करोड ४४ लाख खुद नाफा गरेको छ । जून अघिल्लो बर्षको तुलनामा १८.२३ प्रतिशतले कम हो । अरूण भ्यालीको चुक्ता पूँजी ८४ करोड ८१ लाख रुपैयाँ र जगेडाकोषमा तीन करोड ७३ लाख रुपैयाँ रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।