अल्पाईनको १८ लाख कित्ता हकप्रद खुल्यो, तपाईलाई कहाँबाट आवेदन गर्न सजिलो

Jul 09, 2017 merolagani

अल्पाइन डेभलपमेण्ट बैंक (ALDBL) ले तीन बराबर दुई दशमलव शून्य आठ अनुपातमा हकप्रद निष्काशन गरेको छ । बैंकले प्रतिकित्ता एक सय रुपैयाँ अङ्कित दरको १८ लाख तीन हजार २४७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

बैंकले सेयर निष्कासन तथा विक्री प्रबन्धक विक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत हकप्रद निष्काशन गरेको हो । यस हकप्रदमा जेठ २० गतेसम्म सेयर किनेर सेयरधनी हुनेले हकप्रदमा साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हकप्रदमा विक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, अल्पाईनको मुख्य शाखा कार्यालय हेटौडा मकवानपुर, साँगा काभ्रेपलाञ्चोक, नारायणगढ चितवनका साथै एनएमबी बैंकका उपत्यका भित्रका शाखा कार्यालयहरु सितापाईला, कलंकी, चाबहिल, बसुन्धारा, कुमारीपाटी, सुर्यविनायक शाखाबाट हकप्रद भर्न सकिने जनाईएको छ ।

त्यस्तै एनएमबि बैंकको बनेपा, बुटवल, धरान, विराटनगर, सुर्खेत, पोखरा, धनगढी, नेपालगञ्ज, विरगञ्ज, जनकपुर र नारायणगढ शाखाबाट समेत दरखास्त बुझाउन सक्नेछन् ।
२६ करोड ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको अल्पाईनको हकप्रद सेयर विक्रीपश्चात चुक्ता पूँजी ४४ करोड ४ लाख रुपैयाँ पुग्नेछ ।

बैंकको चालू आवको तेस्रो त्रैमासमा तीन करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६१ पैसा कायम गरेको छ । सेञ्चुरी बैंकसँग एक्वायरमा गएको कारण बैंकको सेयर कारोबार चैत ४ गतेयता बन्द रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।