सेञ्चुरीले एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद विक्रीका लागि धितोपत्र बोर्डसँग अनुमति मागिसकेको भएपनि कहिलेदेखि निष्काशन गर्ने भन्ने अझै खुलाएको छैन ।
राष्ट बैंकले तोकेको आठ अर्ब पूँजी पुर्याउनका लागि बैंकले पाँचवटा संस्थालाई एक्वायर गर्ने क्रममा इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई आफुमा गाभेर एकीकृत कारोबार थालीसकेको छ भने सगरमाथा फाईनान्सलाई १०० कित्ता बराबर ९५ कित्ता सेयर स्वापमा गाभ्ने प्रकृया विशेष साधारणसभाबाट पारित गरिसकेको अवस्था छ ।
अब बैंकले अल्पाईन डेभलपमेन्ट र सेती फाईनान्सलाई गाभ्नेछ । पाँचवटै संस्था र हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ९० करोड पुग्नेछ भने बैंकले चालु आर्थिक बर्षबाट १० प्रतिशत बोनस बाँड्दा सजिलै आठ अर्ब पुग्नेछ ।