मुक्तिनाथले सञ्चालक र आधारभूत सेयरधनीलाई भन्यो - हकप्रदको रकम बुझाउ

Jul 10, 2017 merolagani

मुक्तिनाथ विकास बैङ्क (MNBBL) लेजारी गर्न लागेको ४० प्रतिशत हकप्रद सेयर वापतको रकम १५ दिन भित्र जम्मा गर्न सञ्चालक तथा आधारभुत सेयरधनीलाई सूचना प्रकाशित गरेको छ । बैंकले मुक्तिनाथ बैंकको खाता नम्बर ०१३ -९२७१०१०१००२ मा उक्त रकम जम्मा गर्न भनेको हो ।

मुक्तिनाथले एक अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपैयाँको ४० प्रतिशतले हुन आउने ६१ लाख ७० हजार ८६५ कित्ता हकप्रद जारी गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

बोर्डले बैंकको हकप्रदमा कमेन्ट गरी जवाफ मागेकोमा बैंकले जवाफ पठाई सकेको छ । अहिले बोर्डले उक्त कमेण्टमाथि पुरबिचार गरिरहेको छ ।

धितोपत्र निष्काशन निर्देशिका बमोजिम सञ्चालक र आधारभुत सेयरधनीले हकप्रद वापतको रकम अग्रिम रुपमा बुझउनुपर्ने व्यवस्था रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।