सबैभन्दा पहिले प्रति ईकाई १० रुपैयाँमा ईकाई बेचेका ११ वटा सामुहिक लगानी कोषहरुको प्रति ईकाई खुद मूल्य कति छ भनेर हेरौं । सबैभन्दा पुरानो सामुहिक लगानी कोष सिद्धार्थ लगानी बृद्धि योजना १ को खुद मूल्य २६ रुपैयाँ ५७ पैसा रहेको छ भने सबैभन्दा सस्तो लक्ष्मी ईक्विटी फण्डको ९ रुपैयाँ ९४ पैसा छ, जुन निश्काशनको बेलामा आबेदन गर्नेले पाएको भन्दा सस्तो मूल्य हो । कोषले लगानी गरेको सेयरको मूल्यमा भएको घटबढले खुद मूल्य अर्थात नाभ निर्धारण गर्दछ ।
अब कुन सामुहिक लगानी कोषले कति वटा कम्पनीका सेयरहरु किनेको रहेछ हेरौ ।
सबैभन्दा बढी सिद्धार्थ ईक्विटी ओरिन्टेड स्किमले ९८ वटा कम्पनीको सेयर किनेर लगानी विविधिकरण गरेको रहेछ भने सबैभन्दा कम कम्पनीको सेयरमा लगानी गर्ने एनएमबी हाईब्रिड फण्ड एल १ रहेछ जसले २८ वटा मात्र कम्पनीको सेयरमा लगानी गरेको रहेछ । जत्ति धेरै राम्रा कम्पनीमा लगानी विविधिकरण गर्न सक्यो उत्ति जोखिमबाट बच्न सकिन्छ भन्ने सुत्रलाई उनीहरुले अनुशरण गरेका देखिन्छ ।
सेयर बजारमा सबैभन्दा धेरै रकम लगानी गरेर सेयर किन्नेमा एनआईबीएल सम्बृद्धि फण्ड १ रहेछ । उसले एक अर्ब ११ करोड रुपैयाँ लगानी गरेर दोस्रो बजारबाट सेयर किनेको रहेछ भने सबैभन्दा कम लगानी गर्नेमा एनएमबी हाईब्रिड फण्ड एल १ रहेछ, जसको लगानी १७ करोड मात्र देखिन्छ ।
सामुहिक लगानी कोषहरुले साधारण सेयर निश्काशन र हकप्रद खरिदमा पनि उल्लेखनीय लगानी गरेका हुन्छन् । त्यसको पनि अबस्था केलाउँ ।
दोस्रो बजारमा लगानी गर्न अब कुन चाँही सामुहिक लगानी कोषसँग बढी पैसा छ भनेर पनि जाँचौ ।
यसमा सबैभन्दा बलियो नबिल इृक्विटी फण्ड रहेछ । उसँग ६४ करोड रुपैयाँ लगानीयोग्य पैसा बैंकमा रहेछ । यसमा सबैभन्दा कमजोर सिद्धार्थ इृक्विटी ओरियन्टेड स्किम र सिद्धार्थ लगानी बृद्धि योजना रहेछन् । उनीहरुको योजनाको अवधि सकिने बेला नजिकिएको र पहिले नै लगानी गरिसकिएको भएर बैंकमा रकम कम भएको हुनसक्छ । तर उनीहरुको लगानी गरिएको सेयरको मूल्यांकन गर्दा धेरै सम्पति जोडिएको थाहा पाउन सकिन्छ ।
आफुसँग भएको सबै पैसा खर्च गरेर सेयर किन्नुहुन्न र जगेडा राखिरहनुपर्छ भन्ने पनि जान्नैपर्छ । तर याद गर्नुपर्ने मुख्य कुरा सामुहिक लगानी कोषहरुले संकलन गर्ने सबै पैसा सेयर बजारमै लगाउँछन् भन्ने पनि छैन । सामुहिक लगानी कोषहरुको आकार ५० करोड रुपैयाँदेखि एक अर्ब २० करोड रुपैयाँसम्म रहेको छ ।
सामुहिक लगानी कोषहरुले महिना दिनको अबस्थाबारे लगानीकर्तालाई जानकारी दिईरहेका हुन्छन् । प्रस्तुत तथ्यांकले अघिल्लो महिनाको तुलनामा पछिल्लो महिनामा आँकडा फरक परेको देखाउँछ । यही आँकडालाई केलाएर बिज्ञहरुले सामुहिक लगानी कोषको रणनीति तय गर्ने गर्छन ।
भबिष्यमा बढी प्रतिफल पाईने खालका, कम जोखिम भएका मध्यमस्तरका कम्पनीहरुमा लगानी विविधिकरण गरी सामुहिक लगानी कोषहरुले जोखिम ब्यवस्थापन गरेका हुन्छन् । त्यसैले सामुहिक लगानी कोषको ईकाई किन्नु पनि सर्बसाधारण लगानीकर्ताहरु सुरक्षित हुने एउटा विकल्प हो ।
तथ्य बिबरण कोषहरुले निकालेको २०७४ जेठ महिनाको बित्तीय बिबरणबाट लिईएको हो ।