गरिमाको लिलामीको सेयर लिनेमा काठमाडौं र एनआईबिएल क्यापिटल अगाडि

Jul 11, 2017 merolagani

गरिमा विकास बैंकले लिलाममा राखेको साधारण सेयर सकार्नेमा काठमाडौं र एनआईबिएल क्यापिटल अगाडि देखिएका छन् । सोमबार खोलिएको बोलपत्रमा काठमाडौं क्यापिटलले ३२ हजार कित्ता र एनआईबिएलले २० हजार कित्ता सेयर प्राप्त गरेका हुन् ।

लिलामीमा राखिएको कुल तीन लाख ३६ हजार ७१ कित्ता सेयरमध्ये काठमाडौं क्यापिटलले २० हजार कित्ताका लागि २९० रुपैयाँ तथा १२ हजार कित्ताको लागि २९३ रुपैयाँ हालेको हो । एनआईबिएल क्यापिटलको सामुहिक लगानी कोष एनआईबिएल समृद्धि र प्रगति फण्डले समान २८७ रुपैयाँमा १०/१० हजार कित्ता सेयर प्राप्त गरेका हुन् । 

साधारण सेयरका लागि कुल एक हजार जनाले आवेदन गरेकोमा ३२६ जनाले प्राप्त गरेका छन् । साधारण सेयरका लागि अधिकतम गगन श्रेष्ठले ३९४ रुपैयाँमा ३८०० कित्ता माग गरेका थिए ।

बोलपत्रको प्रारम्भिक तथ्याङ्क अनुसार साधारण सेयर समानुपातिक रुपमा न्यूनतम २७६ र संस्थापक सेयर १२५ रुपैयाँ  आवेदन गर्ने लगानीकर्ताले सेयर प्राप्त गरेका हुन् ।

त्यस्तै नौं हजार आठ सय ४७ कित्ता संस्थापक सेयरका लागि आठ जनाको तर्फबाट अघिकतम १५१.१० रुपैयाँसम्मको आवेदन परेकामा १२५ रुपैयाँमाथि आवेदन गर्ने दुई जनाले मात्र सेयर प्राप्त गरेका छन् ।

सेयर प्राप्त गर्न नसक्ने लगानीकर्तालाई उनिहरुले उपलब्ध गराएको बैंक खातामा  असार २९ गतेदेखि पैसा फिर्ता सुरु गर्ने क्यापिटलले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।