सिद्धार्थ बैंकको ३० प्रतिशत प्रतिशत हकप्रद भर्ने बुधबार अन्तिम दिन

Jul 11, 2017 merolagani

सिद्धार्थ बैंक (SBL) ले जेठ २५ गतेदेखि खुला गरेको दश बराबर तीन अनुपातको हकप्रदमा आवेदन गर्ने बुधबार अन्तिम दिन हो । हकप्रदमा जेठ १४ गतेसम्म सेयर किनेका लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

सिद्धार्थको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । सेयरधनीहरुले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका बैंकको शाखा कार्यालयबाट हकप्रदमा आवेदन दिन सक्नेछन् । 

तपाईले सिद्धार्थ बैंकको हकप्रदमा कति कित्ता सेयर भर्न पाउनुहुन्छ ? यहाँ क्लिक गरी हेर्नुहोस् 

सबैभन्दा पहिला कम्पनीको नाममा सिद्धार्थ बैंक छनौट गर्नुहोस् । त्यसपछि सेयरधनी र बुबाको नाम भर्नुहोस् र १६ अंकको हितग्राही नम्बर (डिम्याट नम्बर) वा सेयरधनी नम्बर राखेर समेत सर्च बटनबाट कति कित्ता सेयर भर्ने यकिन गर्नुहोस् । यसबाट बुधबार अन्तिम दिन हकप्रद भर्ने भिडभाड हुने हुँदा तपाईलाई बैंकमा गएर सोधिरहनुपर्ने झण्झट हुँदैन ।

बैंकले एक करोड ५७ लाख ५२ हजार ५७८ कित्ता सेयर विक्री खोलेको हो । ५ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रदपछि चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैयाँ पुग्नेछ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिद्धार्थले ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।